दिगो अर्थतन्त्र कार्यम गर्न कृषिक्षेत्रको विकास गर्ने –कृषि मन्त्री मगर

इनेप्लिज २०७९ वैशाख ४ गते १३:२५ मा प्रकाशित

विराटनगर,४ वैशाख।प्रदेश नं १ का कृषिमन्त्री झलकबहादुर मगरले कृषि तथा पशुजन्य पदार्थको समग्र विकास गरी मुलुकमा दिगो अर्थतन्त्र कार्यम गर्न सहयोग गर्ने बताउनु भएको छ।

नेपाल पाराभेटेरिनरी एण्ड लाइभष्टक एशोसिएशनको आज यहाँ आयोजित प्रदेश स्तरीय भेलाको आज उद्घाटन गर्दै उहाँले सरकारले कृषिलाई व्यवसायिककरण गरी कृषि तथा पशुजन्य वस्तका उत्पादन वृद्धि गरी आयात निरुत्साहित र निर्यातमा पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो।

एशोसिएशनका केन्द्रीय अध्यक्ष रामप्रसाद मेहताले कृषि र पशुपालन क्षेत्रमा ६० प्रतिशत जनता आवद्ध भएकोले यसपेशालाई सम्मानजनक बनाउन सरकारले आवश्यक बजेटको विनियोजना गर्नुपर्नेमा जोड दिनु भयो।

एशोसिएशनका प्रदेश संयोजक योगेन्द्रलाल यादव,मन्त्रालयकी डा.दिपा दियाली,प्रदेश अध्यक्ष डा संजय यादव,पशुपंछी व्यवसायी सङ्घका प्रदेश अध्यक्ष अशोक सुवेदी,मधेश संयोजक परमेश्वर यादव लगायतले यस क्षेत्रले मुलुकको गाहस्थ उत्पादनमा एक तिहाई योगदान दिएको बताउनु भयो।

भेलामा प्रदेशका १४ जिल्लाका दुई सय जना प्राविधिकहरुको सहभागिता रहेको छ।

भेलाले कृषि तथा पशुपंछी क्षेत्रको उत्पादनमा वृद्धि गर्न आवश्यक रणनीति तयार गर्ने जनाइएको छ।

 

प्रतिक्रिया