पिरती बस्यो नि सानु’ले देबेन्द्रलाई दिलायो सर्बोत्कृष्ट निर्देशकको अवार्ड

इनेप्लिज २०७९ वैशाख ४ गते १०:०२ मा प्रकाशित

बार्हौं बिन्ध्यवासिनी म्यूजिक अवार्ड २०७८ बाट निर्देशक देबेन्द्र पाण्डेले सर्बोत्कृष्ट म्युजिक भिडियो निर्देशकको अवार्ड जितेका छन्।

शनिबार काठमाडौँमा भएको म्युजिक अवार्ड कार्यक्रममा पाण्डेले ‘पिरती बस्यो नि सानु’ बोलको गीतबाट सर्बोउत्कृष्ट सुगम संगीतको अवार्ड प्राप्त गरेका हुन्।
उनले विशाल घिमिरे,बबिता श्रेष्ठ,मिमोह कृष्ण श्रेष्ठ,निरेश श्रेष्ठलाई पछि पार्दै सर्बोत्कृष्ट निर्देशकको अवार्ड हात पारे । उनले अवार्ड प्राप्त गरिसकेपछि आफुमा अझ उत्कृष्ट भिडियो निर्माणमा जिम्मेवारी थपिएको बताए।उनले भने,‘अवार्ड प्राप्त गरेपछि अझ राम्रो म्युजिक भिडियो निर्माण गर्न जोस र जाँगर बढेर आएको छ। आगामी दिनमा यो भन्दा राम्रो भिडियो निर्माण गर्ने छु।’

उक्त अवार्ड कार्यक्रममा महानायक राजेश हमालका साथमा उनी श्रीमती मधु भट्टराई लगायतको उपस्थिति रहेको थियो।निर्देशक पाण्डेले एक साता अघि मात्रै निम म्युजिक अवार्ड कार्यक्रममा राजेश हमालको स्वरमा रहेको गीत ‘मन बुढो भएन’बाट सर्बोत्कृष्ट निर्देशक घोषित भएका थिए।

प्रतिक्रिया