सत्यराज आचार्यकाे “सानी” सार्वजनिक

इनेप्लिज २०७९ वैशाख २ गते २३:५१ मा प्रकाशित

देब गहतराजकाे प्रस्तुतीमा “सानी र्याँई र्याँई र्याँई” बाेलकाे गीत सार्वजनिक भएकाे छ।उनैकाे लेखन र सङ्गीत समेत रहेकाे यस गीतमा प्रसिद्ध गायक तथा सङ्गीतकार सत्यराज आचार्य र अर्की चर्चित गायिका मिलन नेवारले आवाज भरेका छन्।नयाँ बर्ष २०७९ का प्रथम दिनकाे अवसर पारेर याे गीतलाई रिलिज गरिएकाे छ । यस गीतलाई गाेपाल रसाईलीले सङ्गीत संयाेजन गरेका हुन्।

यसकाे रेकर्डिङ्ग किरण बि. क. र कमल थापाले गरेका हुन् भने मिक्सिङ्ग अनि मास्टरिङ्ग चाहिँ श्यामश्वेत रसाईलीले गरेका छन् । लाेक शैलीमा आधारित डान्सिङ प्याटर्नकाे गीतलाई म्यूजिक भिडियाे सहित तयार पारिएकाे छ।जसलाई चर्चित काेरियाेग्राफर कविराज गहतराजले निर्देशन गरेका हुन्।चर्चित गायक तथा अभिनेता प्रकाश सपूत र अर्की चर्चित नायिका आँचल शर्माले अभिनय गरेका छन्।साैरभ लामाकाे छायाङ्कन अनि अर्जुन जि. सि. काे सम्पादन रहेकाे भिडियाेकाे रङ्ग संयाेजन रेनिश फागाेले गरेका छन्।भिडियाेलाई सत्य~स्वरूप युट्युब च्यानलबाट सार्वजनिक गरिएकाे छ।

प्रतिक्रिया