नयाँ वर्षको अवसर पारेर मिलन नेवार र प्रकाशले ल्याए ‘यूके लण्डन’मा

इनेप्लिज २०७९ वैशाख १ गते १०:२१ मा प्रकाशित

काठमाडौँ।गायिका मिलन नेवार र गायक प्रकाश सिङको स्वर रहेको यूके लण्डनमा बोलको गीतको भिडियो सार्वजनिक भएको छ।मकाउमा रहेका गायक सिङले नयाँ वर्षको अवसर पारेर बजारमा ल्याएको गीतका शब्द शृजना राजु आर डीका हुन्।

गायक स्वयमकै संगीत रहेको गीतको भिडियोमा चर्चित मोडल गीता ढुंगाना र अभिषेक श्रेष्ठको अभिनय रहेको छ।पहिलो भेटमा नजर जुधाएर ख्याल ठट्टामा नै प्रेममा परेको कुरालाई पछिल्लो समयका व्यस्त अनि चर्चित निर्देशक बिक्रम चौहानले कलात्मक शैलीमा भिडियोमा देखाएका छन्।

लक्ष्मण चौहानको सम्पादन रहेको भिडियोमा प्रकाश खड्काको छायांकन रहेको छ । गायक सिङले यसअघि नै आधा दर्जन भिडियोहरु बजारमा ल्याईसकेका छन।जसमध्ये गायक सिङले केही समय अगाडी निता ढुंगनासँग अभिनय गरेको भिडियो मेरो सारङ्गीले चर्चा पाएको थियो।

अमेरिकामा रहेका महेश जोशी,मकाउमा रहेका अ्मर लिङ्देन,अडियो नेपालका बुद्ध सयमी र काठमडौँका सन्तोष बिश्वोकर्माको हयोगमा भिडियो निर्माण भएको गायक सिङले बताए।हेर्नुहोस् भिडियो

प्रतिक्रिया