मानव जिबन र दर्शन   

गोबिन्द राज ओझा          २०७९ वैशाख १ गते १०:०६ मा प्रकाशित

मानव जिवनको के अर्थ छ ? वास्तविक जिवनको रहस्यमय तत्व पत्ता लगाउन बिभिन्न अभ्यासहरु गरेका हुन्छौ । कसैले धनसम्पति कमाउनुलाई जिन्दगिको महान उपलब्धि मान्छ । मानिसले मानव जिवनलाई कसरि हेरे ? जिवन के हो ? वास्तविक जिवनमा मानवको कर्म के हो ? मानिसहरुले आफ्नो भाग्यमा भरोसा  किन गर्छन । धनि हुनु र गरिब हुनुको औचित्य के हो ? जिवनमा पर्ने अनेक समस्याको के अर्थ हुन्छ ?  मानव जिवनको उदश्ये के हो ? 

आपसमा  जिवनको अर्थ छ । जिवनको गहिराईमा केहि खोज्नुपर्छ । हाम्रो जिवनमा दर्शनको के महत्व छ ।   

खुसि र शान्तिको खोजिमा मानव जिवनको अर्थ मानव  मानव बिच विश्वास हो । मानव जिवनको परिवर्तन एक ऐतिहासिक परिबर्तन हो । मानव जिवनमा अनेक चुनौतिहरु  आउन सक्छन । सकरात्मक मुल्याङकन हुनुपर्दछ । जिवन के हो बुझ्न आवश्यक हुन्छ । यस सृष्टिमा जिवहरुको अस्त्वित्वको बारेमा अध्ययन गर्नुपर्छ । आफ्नो जिवनको अर्थ बुझ्नुपर्छ । जब सम्म प्राण रहन्छ जिवनलाइ नैतिक बान र कर्तव्यसिल बनाउनुपर्छ । अधिकार र खुसिको  पाएर आनन्द साथ रमाएको हुन्छ । जिवनको अर्थ बारे सोच बिचार बनाउछ । मानिसले आफ्नो अस्तित्व बारे बुझ्नुपर्छ । शृष्टिमा रहेका प्राणिहरुको अस्तित्वलाई स्विकार गर्नुपर्छ । मानव जिबनमा  भोग्नुपर्ने समस्या र समाधान गरि त्यसको अर्थ खोज्नुपर्छ । मानव जिवन को अध्ययन गर्न  दर्शनको महत्वपुर्ण भुमिका छ । मानव बिबेकसिल प्राणि हो । ज्ञान प्राप्त गरि सोहि ज्ञानबाट मोक्ष प्राप्त गर्छ । मानव जिवनको आवश्यकता र बर्तमान मानव जिवन परिस्थितिको अध्ययन गरि जिवनको मार्ग निर्धारण गर्छ । मानवमा परोपकारि भावना ,समाज सेवा,नैतिकता, अनुसासन र जिवन दर्शनका प्रत्येक बिन्दुलाई बुझेर हामिले अगाडि बढनुपर्छ । नैतिक शिक्षा,अनुशासन आदि प्रत्येक बिन्दुलाई अगाडि बढाउन मद्दत मिल्छ ।


बेद, उपनिषद भागवत गिताको ज्ञान लिनु पर्दछ । मानव जिबनशैलि परिवर्तन, मान्छेको मन भावनाबाट चेतनाशिल,समवेदनशिल,पारिवारिक मापदण्डमा मानसिक र आध्यात्मिक पक्ष भन्दा बाह्य भौतिक विकासलाई बढि महत्व दिएको छ ।कुनै देश बिकास र समृद्धि तर्फ जानु चेतनाको महत्वपुर्ण भुमिका हुन्छ । मानविय भावनाहरुलाई ध्यान दिनुपर्छ ।  जब मान्छे शिक्षित हुन्छ तब सम्बृद्ध समाज निर्माण हुन्छ   नैतिकता आदर्श
,विश्वास र भरोसामा टिकेको हुन्छ । ‘जब मान्छेले पढाई गर्न थाल्छ ,नयाँ कुराको ज्ञान, सिप आदानप्रदान गर्छ उ शिक्षित बन्दै जान्छ तब यसले समाजका लागि देशका लागि केहि सोच्न थाल्छ’ । आफ्नो गाँउघर समाज र देशको नाम उच्च राख्नका लागि अहिले सबैलाई शिक्षाको आवश्यकता अनिवार्य रहेको छ ।’                 

  कुनै देशको समृद्धि र विकासका मुल मापदण्डमा निस्केको मानविय संबेदना र भावनाले महत्वपुर्ण योगदान दिन सक्छ । देशको बिकासको लागि सबैको भाबना संबेदना,चाहना मर्म सदाचार,धर्म संस्कृत,नैतिकता,गुण र धर्म जस्ता पक्षलाई भन्दा भौतिक पक्षलाई प्राथमिकता दिएको पाईन्छ । देश विकासको मापदण्डको रुपमा कुनै पनि राज्य र प्राथमिकता चयन सारा बिश्वको बैज्ञानिक क्षेत्रमा अगाडि बढे पनि आध्यात्मिक क्षेत्रलाई भुल्न सक्दैन ।  भौतिक पूर्वाधार विकास, आर्थिक विकास, सामाजिक विकास, सांस्कृतिक विकास, भाषिक विकास, बौद्धिक विकास, चिन्तन विकास अनि मनोवैज्ञानिक विकास जस्ता समग्र विकासका विविध पक्षहरू अन्तरनिहित हुन्छ ।

सुख, दु:ख आत्मियता बढाउछ । जिवन जिउने कला सिकाउछ । जिबनलाई सुखमय र शान्तिपुर्ण रुपले जिवन जिउन र जिन्दगि बिताउनुपर्छ ।  ब्यक्ति ब्यक्ति मिलेर समुदाय बन्छ । समुदाय-समुदाय मिलेर सिंगो राष्टको निर्माण हुन्छ । मानव सभ्यता र सृष्टिको बारेमा बुझ्न र ज्ञान हासिल गर्न ऋग्वेद ,सामबेद,अर्थवेद र यजुर्वेदको अध्ययन गर्नुपर्छ । 

 ऋषिमुनिहरुले पुष्पक बिमान बनाएर उडाएका थिए । माहाभारतको लडाईमा ब्रमास्त्र को प्रयोग गरेका थिए । हिजोको दर्शनले आजको बिज्ञानले अध्ययन र अनुसन्धान गर्ने मौका पाएको छ । हामिले ब्याक्तिगत स्वार्थ र आफ्नो सपना पुरा गर्न भन्दा अरुको सेवा र परोपकारमा लाग्नु पर्छ । जस्तो सुकै कठिन परिस्थितिमा यो जगतलाई हसाउन सिकाउन सक्नुपर्छ । जगतको शान्ति र शान्त बातावरण बनाउन हामि सबैको कर्तव्य बन्न  आउछ ।मानव जिबन र जगतको बारेमा तर्क गर्ने तथा बास्तबिक जिबनको लक्ष्य के हो ? जिबन कसरि जिउने ? बिगतमा असफलता भयो भनेर किन चिन्ता लिने ? मानिस भएर जन्मेपछि यो संसारक लागि के कार्य गर्ने ? आफ्नो जिवनको यात्रा कसरि बिताउने ? जिन्दगि हामिले कुन बाटो रोज्ने ? हामिले आफ्नो बाटो चुन्न सक्छौ । सफलता र असफताका र संघर्षका कथाहरु यो दुनिया सामु ल्याउन सक्छौ । यो समाज र राष्टको लागि योगदान दिन सक्छौ । गरिबि र दु:खले पिरोलेका मानिसहरु देखेका छौ । जिविका चलाउन कति दु:ख र संघर्ष गर्नुपर्छ ? ईमान्दारिता पुर्वक काम गरेर एक छाक टार्न गाह्रो भईरहेको छ । गरिबि र भोक के हो? दु:ख र पीडा के हो?गरिबि र अभावले मानिसहरु छटपटाईरहेका छन । भोकले छटपटाएका दृष्य हेर्न गाह्रो पनि हुन्छ , रोग हो ? शोक हो ? आखिरी किन आयो ? गरिबिको कारण औषधि उपचार नपाएर छटपटाईरहेका छन । यो मानव जिबनको दुखान्त पक्ष हो । भोकले छटपटाईरहेका अनुहार र जवानीको अनुभब नगर्दै बुढा बनेको खान नपाएर शरिर सुकुटि र रोगी बनेको दृष्य जसको जिवनको शुरु देखि अन्त्य  सम्म एक मुठि अन्नको लागि संघर्ष गरिरहेका हुन्छन ।                                                    

 अर्को तर्फ मानिसहरु ठुलठुला महलमा बसेका हुन्छन । ऐश आरामको जिन्दगि बिताउछन । यसरि एक तर्फ धन दौलत भएका मानिसहरु र अर्कोतर्फ  गरिबि,अभाव । शोषणमा आधारित समाज भएकोले यो व्यवस्था आएको हो । एकातर्फ पुजिपति बर्ग, शोषक,लुटेरा,र अर्को तर्फ दिन भरि पसिना बगाएर एक छाक टार्न मुस्किल हुने वर्ग मानबले प्राकृतिक स्वभाव ईमान्दारिता र कर्तव्यनिष्ट समाजको परिकल्पना गर्दा गर्दै पनि समाजमा पापकर्म तथा अपराध हरु घटिरहेका हुन्छन । देशमा बिरोजगारिको संख्या बढदै गएको हुन्छ । आफ्नो भोकलाई टार्न उसले चोरी, डकैति,बगलिमार,ठगिजस्ता कार्य गर्छ । महिलाहरुलाई देह व्यापार गर्न बाध्य बनाउछ । यो आर्थिक बाध्यता र भोकले मर्ने स्थितिमा पुगेका मानिसको कहानि हो । भोकले नमर्न नैतिक मुल्य मान्यताले असर गर्दैन । धनले मानिसलाई लोभि,पाखण्डि,कपटि र अमानविय बनाउछ । धनले चेतन शक्ति गुमाउछ । मुलुक र जनताको हितमा कार्य गर्दैन ।    

जहाँ मुलुकमा मानिस द्धारा मानिसको शोषण हुने व्यवस्था छ । त्यस्ता मुलुकहरुमा  एक तर्फ सम्पन्नता र अर्को तर्फ  गरिबि हुन्छ । यो ब्यवस्था सुधार्न देशमा शिक्षामा सुधार ल्याउनु पर्छ । शोषणमा आधारित सामाजिक व्यवस्थाको अन्त्य गर्नुपर्छ ।

 शोषित  र पिडित जनताको पक्षमा संगठित हुनु र एकताबद्ध हुनु आवश्यक छ । श्रमजिबिको श्रमको उचित मुल्याङकन हुनुपर्दछ । संघर्षका बाटाहरु  अप्ठारो होन सक्छन । दलाल र पुजिवादि व्यबस्थाको देशबाट अन्त्य हुनुपर्छ । शोषण हटाउन र सबै देशबासिलाई समान अबसर तथा सबैलाई समानताको दृष्टिले हेन्रे ब्यबस्था ल्याउन बिषय गाह्रो बिषय हो । हामि क्रान्तिकारिको नारा लगाउछौ । परिबर्तनको नारा लगाउछौ । बिश्वमा धनि र गरिब बिचको खाडल कसरि भयो ? मानव मनाबमा शोषण,दमन र अत्याचारपुर्ण व्यबहार कसरि भयो ? पृथ्बिमा मानव जिवनको के अस्तित्व छ । श्रम जिबिको श्रमको उचित मुल्याङकन हुन नसक्नु उनिहरुको जिवनलाई निरासतुल्याउनु  एक अत्याचार पुर्ण ब्यबहार हो । श्रमिक बर्ग किसान,मजदुरको समस्याको राज्य बाट हेर्नुपर्छ ।  श्रमजिवि  हरुको उनमुक्तिको लक्ष्यमा  वा उदश्ये राख्नु पर्छ । मानवको सबभन्दा प्यारो सम्पति जिवन हो । त्यसैले मानव जिबनको बारेमा सोच्नुपर्छ । मानव जिवनको बारेमा राम्ररि बुझ्नुपर्छ । हाम्रा पुर्खाहरुको बिचमा भिन्न भिन्न मत भएर हिन्दु धर्म ग्रन्थ ,मुस्लिम धर्म ग्रन्थ,बौद्ध धर्म ग्रन्थ,शिख धर्म ग्रन्थ आदि हामिले पायौ । मानव शृष्टिको प्रारम्भमा कुनै धर्म थिएन । जनजाति र धर्मको विस्तार मानब बिकास  क्रम सँगै भएको हो । पृथ्बी कसरि बन्यो ? मानिस कसरि बन्यो ? अन्य जिबजन्तु कसरी बने ? हामिले जिवन र जगतको बारेमा थुप्रै अध्ययन गर्छौ । ज्ञान , बिज्ञानले हामिलाई थुप्रै कुरा सिकाउछ ।मानिसले सामाजिक परिबेशमा रहन , बस्न सिकाउछ । आत्म अनुशासनका कुरा सबैले सिक्नुपर्छ । मानवमा चेतनाको विकास हुनुपर्छ । ईश्वरिय सत्यलाई मानवले स्विकार गर्नुपर्छ । मानव समाज प्रति सबैले चिन्तित हुनपर्छ चेतनाको स्तर बढाउनुपर्छ । आफ्नो अस्तित्वको बारेमा सोच्नुपर्छ । मानवलाई ज्ञान प्राप्ति भएपछि परमेश्वर बाट मुक्ति मिल्छ ।  ब्याक्तिको स्बतन्त्रतामा ध्यान दिनुपर्छ । शिक्षा तथा ज्ञान पाउनु भनेको ब्याक्तिको व्यक्तिगत आर्जनको साथै समाज र राष्टको उन्नति गर्नु हो । अध्यात्मिक शिक्षाले मातृ भाषा,संस्कृति,परम्परा,नैतिक शिक्षा र जिवन दर्शनको बारेमा सिकाउछ । सनातन धर्मको खोजि अध्ययन गर्नुपर्छ । असल बिचारको निर्माण हुनुपर्छ । सामाजिक ईतिहास तथा मानविय ईतिहास बारे सोच्नुपर्छ । जिबनको सार के हो? जिबनमा के पाए ? के गुमाए सुख दु:ख के हो ? मानब जिबनको एक मात्र उदश्ये सु प्रात गर्नु हो  । राज्य ब्यबस्थामा भ्रष्टाचारको अन्त्य हुनुपर्छ । पुर्खाको रगत र पसिनाले यो देश बनेको हो ।सबैले देशको बारेमा अध्ययन गर्नुपर्छ ।राष्टियता  जोगाउन सबैले ध्यान दिनुपर्छ । सामन्तबाद, दलाल र पुजिबादको अन्त्य गरि देश  र जनताको लागि हितमा सोच्नुपर्छ । सामन्तबाद,दलाल र पुजिपतिबाद रह्यो भने हाम्रो स्थितिमा परिवर्तन हुन सक्दैन । त्यैसैले मैदानमा हामिले लोकतन्त्रको लागि लडनु पर्छ । लोकतान्त्रिक प्रणालिको लागि लडनुपर्छ । राष्टियता जोगाउन र मुलकको  आर्थिक स्तर सुधार्न बस्तुस्थितिको अध्ययन गर्नुपर्छ । किसानहरुलाई खेतको मालिक बनाउनु पर्छ । महासामन्तिहरुको जग्गा खोसेर किसानलाई दिनुपर्छ । कुराको आधारमा मुल्याङकन नगरी कामको आधारमा मुल्याङ्कन गर्ने प्रणालिको विकास गर्नुपर्छ ।  समाजमा शोषण, दमन र उत्पिडनमा परेका वर्गलाई माथि   उठाउनुका साथै  शोषणको अन्त्य गरिनुपर्छ ।

      मजदुर बर्गलाई माथि उठाउन कार्य गर्नु पर्दछ । निष्पक्षता र स्वतन्त्रता स्थापना गर्न पर्छ । भौगौलिक अखण्डता र सार्वभौमसत्ता  जनतामा निहित हुनुपर्छ । दलाल,पुजिपति बर्गको समाप्त गरि मुलुकको निर्माणमा ध्यान दिनुपर्छ । मुलुकमा शान्ति सुरक्षा दिने निकायहरुमा, सुरक्षा अङ्गमा निरङकुश तन्त्रका संस्कार बोकेका मानिसहरु अझ पनि छदै छन । शान्ति सुरक्षा निकाय तथा प्रशासनिक निकायमा पनि सुधार गरिनुपर्छ । सेना ,प्रहरी अंग भित्र जबानको रुपमा जनताको छोराछोरीहरु काम गरेका छन । चाकरि बाचको निर्देशनमा उनिहरु हिडने छैनन् । लोकतन्त्र राष्ट सेवा  र जनताको सेवा प्रत्येक अंगको सबै तहमा लोकतन्त्रिक ब्यबस्था हुनुपर्छ ।  हरेक कुराको लागि अभ्यास चाहिन्छ अभ्यासले मानिसलाई पोख्त बनाउछ ।   

 सामन्ती भु -सामन्ती प्रथाको अन्त्य गर्नुपर्छ । निमुखा भोका,गरिब र असहाय तथा न्याय नपाएका बर्गहरुलाई क्रान्ति गरि हक अधिकार दिनु आजको आवश्यकता छ । संघर्षको सिमा र अबधि हुदैन । क्रान्ति के हो ? यसलाई  कसरि चलाउने ?  क्रान्तिले नयाँ समाजको निर्माण गर्छ । जनताको चेतनाले देशमा क्रान्तिले देशमा परिबर्तन हुन्छ र देशको राज्य व्यबस्था परिबर्तन हुन्छ । पुराना बिचार र धारणालाई क्रान्तिले परिबर्तन ल्याउछ । परिबर्तनको मात्रा एकै चोटि हुदैन बिस्तारै हुन्छ । शान्ति पुर्ण आन्दोलन बाट सरकार निर्माण गर्ने तथा सासन व्यबस्था परिबर्तन गर्ने कुराहरु पर्दछन । सम्बन्धको परिबर्तन समाजको आर्थिक ,सामाजिक रुपमा परिबर्तन हुन्छ । समाजमा नयाँ ब्यबस्था  ल्याउन र समाजको परिबर्तन तथा विकास गर्ने । क्रान्तिको आधारमा शान्ति र परिबर्तन गर्ने । सङघर्ष गरी राज्य व्यबस्था गर्ने । आमुल परिबर्तन क्रान्ति गरेर सरकार निर्माण गर्ने । राजनैतिक ,कानुन आदि क्षेत्रको विकास आर्थिक स्थितिमा परिवर्तन कारण रहन्छ ।  वास्तविक जिवनको उत्पादन र पुन:स्थापना हो अथ कसैको आफ्नो परिस्थिति कारण हो । युद्द पछिको वास्तविक संघर्षमा राजनेतिक,धार्मिक र दार्शनिक दृष्टिकोण र ऐतिहासिक संघर्षका कारण यि सबै राज्य व्यबस्था वा शासन जनताको पहल कदमि चेतना र सफल कार्य बाट हुन्छ । जुनसुकै समस्यालाई जुनसुकै समस्यालाई हल गर्ने बिधि अपनाउनुपर्छ । जनताले राजनैतिमा कसरी  भाग लिन्छन। राजनिति र वास्तविक राजनैतिकको निर्णायक तत्व बनाउनुपर्छ । जनताले राजनितिको निर्माण र स्वतन्त्र  भुमिका गर्ने जनतालाई राज्य शक्तिको श्रोत हो । श्रमजिवि जनताका हक अधिकारका सुरक्षा गर्नुपर्दछ । समाजको अस्तित्व  चाहन्छौ । समाजमा चेतना बढाएर समाजलाई परिबर्तन गर्न सकिन्छ । मानिसका बिचारहरुमा परिबर्तन गर्नुपर्छ । जगतको शृष्टी ईश्वरले गरेका हुन ।   अध्यात्मिक सत्यतालाई सबैले स्विकार गर्नुपर्छ । दर्शनको पनि उत्पत्ति भएको हो उत्पादनको निम्ति संघर्ष, वैज्ञानिक प्रयोग र वर्गसंघर्षका बीचबाट दर्शनको जन्म भएको हो ।  प्रकृति र मानव समाजको जन्म कसरी भयो ? प्रकृति र मानव समाजको विकास कसरी भयो ? मानव जीवनका उद्येश्य, आदर्श, कर्तव्य र मूल्य के हुन ?  मानव चेतना मानवको स्तर झल्काउछ।    दर्शन भनेको जीवन र जगतलाई हेर्ने, बुझ्ने र व्याख्या गर्ने विश्वदृष्टिकोण हो । एउटा दृष्टिकोण निर्माण गराउछ । जगत सम्बन्धि हाम्रो दृष्टिकोण के छ ? वर्गसमाजमा हरेक वर्गले आ–आफ्ना विचार, उद्देश्य, मत, संकल्प, भावना एवं क्रियाकलापको आौतित्य पुष्टि गर्न जरुरी हुन्छ र दर्शनले ठिक यसै आौचित्य पुष्टिको काम गर्दछ । चेतनाको स्तर बढाउनुपर्छ । चिन्तन र सत्ता वा सरकारको निर्माण शोषक, फटाह, सामन्त र पुँजीपतिहरुको पक्षधर र दर्शन श्रमजीवी, सर्वहारा वर्गको पक्षधर  छन । श्रमजीवी, सर्वहारा वर्गको मुक्तिको लागि कार्य गर्नुपर्छ । जिवनको सत्यता बुझ्न ईश्वरिय सत्यलाई बुझ्नुपर्छ । भृष्टाचारलाई सुन्य बनाउन आवश्यक छ । जिवनको सत्यतालाई बुझ्नुपर्छ । भगवान श्रि रामको चरित्रबाट भए पनि हामिले धेरै कुरा सिक्नुपर्छ ।  सधै धर्मको मार्गमा चल्नुपर्छ । मानवले आफ्नो जिबनमा जगत र मानब जिबनको लागि महत्वपुर्ण कार्य गर्नुपर्छ । मानव जिवन र धर्म के हो हामिले बुझ्नुपर्छ  ? आफ्नो कर्तव्यलाई ईमान्दारिताका साथ पुरा गर्नु नै धर्म हो ।   मानव जिवनलाई अमुल्य जिवन सोच्नुपर्छ ।आफुलाई दु:खि नबनाएर सधै खुसि बन्नुपर्छ । ज्ञान प्राप्त गरी मोक्षको बाटो रोज्नु जिवन के हो ? मृत्यु के हो ?  हाम्रो चिन्तन के हो ? तप र ध्यानबाट अध्यात्मिक शक्तिको विकास हुन्छ ।             

 आफ्नो जिबन मुनुष्यको उद्धार र कल्याणमा लगाउनुपर्छ । मानव आफ्नो स्वार्थको लागि जिउछ र आफ्नो स्वार्थको लागि मर्छ । मानवमा मानवता र सेवाको भावना हुनुपर्छ । विश्वभरका बिभिन्न प्राणिहरु तथा  वनस्पति तथा लोप हुदै गएका छन । मानव जातिको अस्तित्वलाई अध्ययन गर्नुपर्छ । केहि समय यता आतंकबाद गम्भीर अन्तर्राष्ट्रिय समस्या बनेको छ। आतंककारीहरूले आफ्नो लक्ष्य हासिल गर्न विभिन्न साधन प्रयोग गर्दै आएका छन्। विशेषगरी युद्धमा प्रयोग गरिने यस प्रकारका स्वचालित यन्त्रहरू मानव जातिको अस्तित्वका लागि खतरनाक भएको उदाहरणको लागि विकसित मुलुकलेसंयुक्त राज्य अमेरिका, रसिया, फ्रान्स, बेलायत, चीन, भारत र पाकिस्तान जस्ता देश आणविक हतियारबाट सुसज्जित छन् । यसैगरी उत्तर कोरिया, इजरायल र इरानसँग पनि आणविक हतियार भएको शंका गरिन्छ ।

 आणविक हतियार कति खतरनाक हुँदोरहेछ भन्ने प्रमाण दोस्रो विश्व युद्धमा देखिसकिएको छ। अमेरिकाले हिरोसिमा र नागासाकीमा खसालेका आणविक बमले लाखौँ मानिसको तत्काल मृत्यु भएको थियो। भनिन्छ, रसिया र अमरिकासँग भएका आणविक हतियारमात्र पनि सम्पूर्ण मानव जातिको अन्त्य गर्न पर्याप्त छन्। पृथ्वी जीवको अस्तित्व रहेको  छ विभिन्न कारणले गर्दा मानव जातिको अस्तित्व जोखिममा रहेको प्राणी जगतमा सबैभन्दा विकसित र तीक्ष्ण बुद्धि भएको प्राणी भएकाले मानिसले आफ्नो प्रजातिको रक्षा गर्न र अन्त्य हुन नदिन समयमै आवश्यक कदम चाल्ने अपेक्षा गर्न सकिन्छ  ।                      

 

गोबिन्द राज ओझा

दिपायल सिलगढी नगरपालिका वडा नं.२ दिपायल ,डोटी , नेपाल

प्रतिक्रिया