पल प्रकरणमा के हुँदै छ ? मुख खोले शेखर जंग राइमाझिले, पल वा गायिका जो सत्य उसैको पक्ष फैसला (भिडियो सहित )

इनेप्लिज २०७८ चैत ३० गते २२:०९ मा प्रकाशित

अभिनेता पल शाह अहिले पुर्पक्षका लागि थुनाा छन्।उनी विरुद्ध दुईवटा अदालतले थुनामा राखेर अनुसन्धान गर्नु भनेर आदेश दिएका कारण उनी थुनामा छन्। जिल्ला अदालतले दिएको आदेश विरुद्ध पलका वकिलले उच्च अदालतमा पनि मुद्दा दायर गरेका छन्।उनलाई थुनामुक्त गरेर मुद्दा लड्ने ब्यवस्था मिलाउन माग गर्दै उच्च अदालतमा निवेदन दर्ता गराएका हुन्।

पल शाहलाई भेट्न विभिन्न ब्यक्तिहरु कारागारमा पुगेका छन् । यसै क्रममा उनका काठमाडौका घरभेटी पनि दोस्रो पटक तनहुँ पुगेका छन् । उनले पललाई भेटेको कुराहरु सार्वजनिक गरेका छन्।त्यस्तै पलका आमा बुवा र परिवारका सदस्यहरुको बारेमा पनि जानकारी दिएका छन्।उनले पलको आमा बिरामी भनेर आएको समाचारको खण्डन गरेका छन्।

पललाई दोस्रो पटक भेट्दा पनि पलमा उस्तै कन्फिडेन्स देखेको बताएका छन्।अहिले पनि पलले आफु निर्दोष रहेको कुरा दोहोर्याएको बताए । पलका बुवा आमा भक्तपुर स्थित सानिमाको घरमा बसेको पनि उनले जानकारी दिएका छन्।त्यस्तै पलको बहिनी मुद्दाका कारणले वकिलहरुसंग परामर्श गर्न तनहुँमै बसेको बताएका छन्।उनले पललाई आफुले धेरै नजिकवाट चिनेका कारणले पनि पल निर्दोश रहेको बताएका छन्।

उनले अहिले पनि पलले आफुलाई दाई मैले केही गल्ती गरेको छैन म निर्दोश छु भनेर भनेको पनि बताएका छन्।उनले आफ्नो घरमा यति धेरै वर्ष वस्दा पनि कुनै कमजोरी आफुले नदेखेको बताएका छन्।उनले अन्य कुनै ठूलो कारणले पललाई अप्ठेरोमा पार्न खोजेको हुनसक्ने पनि बताएका छन्।

प्रतिक्रिया