होमलाईफ 247 रियल्टीको प्रथम बार्षिकोत्सव अप्रिल १५ मा : भ्वाईस बिजेता किरण गजमेरको बिशेष प्रस्तुती रहने !!

- मदन बस्नेत, क्यानाडा। २०७८ चैत ३० गते २१:४७ मा प्रकाशित

मदन बस्नेत, टोरन्टो। क्यानाडामा बसोबास गर्ने ६ जुझारु नेपाली युवा उद्यमीहरुद्वारा स्थापित “होमलाईफ 247” ब्रोकरेज कम्पनीले स्थापनाको पहिलो बर्ष पूरा गरेको छ र सोही अवसर पारेर कम्पनीसंग आबद्ध रियल्टरहरुलाई सम्मानित गर्ने तयारी गरेको छ।

कम्पनीको पहिलो बार्षिकोत्सव तथा पुरस्कार वितरण समारोह आउँदो शुक्रवार साँझ अप्रिल १५ का दिन मिसिसागा स्थित ग्र्याण्ड भिक्टोरियन कन्भेन्सन सेन्टर – होटल रयाडिसनमा हुँदैछ। र, उक्त समारोहकालागी आवश्यक सम्पूर्ण तयारी पूरा भैइसकेको जानकारी कम्पनीका तर्फबाट हेमराज पाण्डेयले दिनु भएको छ।

“ब्रोकर अफ रेकर्ड” सुनन्द सुबेदीको अगुवाईमा नेपाली रियल्टर र सेल्स रिप्रिजेन्टेटिभ पुण्य शाही, अमृता शाह, हेम पाण्डे, कर्ण बटाला र केबि भन्डारी लगायतले २०२१ को जनवरीमा स्थापना गरेको उक्त रियल्टी कम्पनीले स्थापनाको छोटो अबधिमा नै सेवाग्राहीहरुको मन जित्न सफल भएको छ र कम्पनीको क्षेत्र र दायरामा पनि उल्लेखनीय बढोत्तरी गरेको छ।

सुबेदीका अनुसार नर्थ अमेरिकाको रियल स्टेटको क्षेत्रमा निकै प्रतिष्ठित कम्पनी होमलाईफ संग आबद्ध आफ्नो कम्पनी “होमलाईफ 247 रियाल्टि” लाई मूल फ्रान्चाइज कम्पनी “होमलाईफ” ले छोटै समयमा देखाएको कार्य दक्षता र उच्च कार्यसम्पादनको आधारमा बर्ष २०२१ कोलागि “मोस्ट प्रडक्टिभ अफिस ईन क्यानाडा” (ग्रस सेल्स कमिसन – १-१५ सेल्स रिप्रेजेन्टेटिभको आधारमा) र “मोस्ट प्रडक्टिभ अफिस ईन क्यानाडा” (१-१५ सेल्स रिप्रेजेन्टेटिभ – डिल्स/ईन्ड्सको आधारमा) जस्तो दुईवटा महत्वपूर्ण अवार्डले सम्मानित गरेको जानकारी दिनु भएको छ।

त्यसैले स्थापनाको पहिलो बर्षमा कम्पनीलाई त्यसरी सफलतातिर डोर्याउन अहम् भूमिका खेल्ने दुई दर्जन बढी रियल्टहरुलाई अवार्ड बितरण गर्न लागेको ब्यहोरा कम्पनीका अर्का संस्थापक पुण्य शाहीले जानकारी गराउनु भएको छ।

वहाँका अनुसार २०२१ सालभरी उत्कृष्ट कार्य गर्ने रियलस्टेट एजेन्टहरुलाई सो समारोहमा पुरस्कृत र सम्मानित गरिने छ भने तीमध्येका सर्वोकृष्टलाई “सुपर ईलाईट क्लब” को उपाधी प्रदान गरिनेछ।

कार्यक्रममा साँगीतिक समारोहको पनि आयोजना हुने र उक्त मनोरञ्जनात्मक कार्यक्रममा “भ्वाईस अफ नेपाल सिजन ३” का बिजेता किरण गजमेरको बिशेष प्रस्तुति रहनेछ भने स्थानीय कलाकारहरुले पनि विभिन्न सांगीतिक कोसेली पस्कने छ्न्। कार्यक्रममा त्यस क्षेत्रका स्थानीय, पाहुनाहरु र कम्पनीमा आवद्ध रियल स्टेट एजेन्टहरु गरी करिव ३ सय जनाको सहभागिता रहने कुरा कम्पनीका अर्का प्रमोटर अमृता शाहले बताउनु भएको छ।

कम्पनीमा हाल विभिन्न समुदायका २६ जना रियल स्टेट एजेन्टहरु कार्यरत रहेका छन्। मुख्य कार्यालय मिसिसागा छ भने स्कारब्रो, टोरन्टो, किचनर, गल्फ, लण्डन र विन्डसोर लगायतका शहरहरुमा बसोबास गर्ने नेपाली र गैर नेपालीहरुलाई घर खरिद, बिक्री तथा लगानीको क्षेत्रमा सेवा पनि प्रदान गर्दै आएको छ।

– मदन बस्नेत, क्यानाडा।

 

प्रतिक्रिया