डेलावर तथा यसको नजिक बसोबास गर्ने नेपाली समुदायले आउदै गरेको नेपाली नया वर्ष २०७९ को स्वागत कार्यक्रम गत शनिबार धुमधाम संग मनाएका छन् ।कार्यक्रम डेलावर नेपाली पाठशालाको आयोजनामा भएको हो।बिदेशी भुमिमा बसोबास गरेपनि हरेक नेपालीलाइ आफ्नो सस्कृति,चाडपर्ब निकै प्यारो हुन्छ ।त्यसो त स्वदेशको माया देशभित्र रहदा भन्दा बाहिर रहदा बढी हुने गर्दछ।नया पुस्ता विदेशमै हुर्कदै अनि अध्ययन गर्दै गर्दा नेपाली भाषा , सस्कृति अनि चाडपर्बको बारेमा सुशिक्षित गर्नु हाम्रो कर्तब्य हो । यसै कुरालाई मध्यनजर गर्दै नेपाली पाठशालाको अबधारणा आएको हो।जहाँ ४५ बढी बालबालिका अनलाइन कक्षा लिइरहेका छन । अन्य नेपाली चाडबाड जस्तै नया बर्षको उपलक्ष्यमा पनि पाठशालाले कार्यक्रम आयोजना गरेको हो।
करिब २५० जना को सहभागिता रहेको अनि बालबालिका तथा अभिभावकका विभिन्न प्रस्तुति रहेको कार्यक्रम निकै भब्य रहेको थियो । मौसमले अनपेक्षित रुपमा बीच बिचमा अबरोध गरेता पनि विभिन्न आकर्षणहरुले दर्शकहरुलाइ भरपुर मनोरंजन प्रदान गरेका थिए।
चियाको चुस्की संगै भेटघाट र शुभकामना आदानप्रदानबाट कार्यक्रमको सुरुवात भएको थियो।त्यस लगत्तै लन्चमा नेपाली रेस्टुरेन्टका मिठा परिकार को निकै तारिफ सुनिन्थ्यो।
लन्च पछि सास्कृतिक कार्यक्रमको सुरुवात भएको थियो।कार्यक्रमको उद्घोसण बिजय गैरे तथा बालबालिकाहरु स्यामी ढकाल,रिदम खनाल,प्रिशु गैरे अनि एड्रिका नेपाल ले पालै पालो गरेका थिए।
कलिला बालबालिकाहरु स्टेजमा जम्मा भई स्वदेशगान गाउदा नेपालको कुनै स्थानमा जम्मा भएको भान गराएको थियो । विदेशमा आएपछि बालबालिकाहरु नेपाली बोल्न जान्दैनन्, भन्ने ठुलो पिर अभिभावकमा रहेको हुन्छ।तर सस्कृतका श्लोक त्यो पनि महामृतुन्जय मन्त्र खरर भन्ने निहित आचार्य हुन् वा भरतनाट्याम जस्तो गहन नृत्य नाच्ने स्यामी ढकाल अवस्व पनि बहुमुखी प्रतिभाका धनि हुन्।साना साना मितेनीहरु सिसम र इशा हुन् वा बर्स्यो माया भन्दै माया बर्षाउने आश्मा, प्रिशु अनि एड्रिका हुन्,सबै कलिला नानीहरु भोलिको कला सस्कृतिका दरिला खम्बा हुन्।मैसाबले घाइते दिल मा आरा चलाइस्यो भन्ने अग्रिम र सुबिग्य अनि मैसाब बन्ने एन्जीला को प्रस्तुति पनि कम रोमांचाक थिएन। यसै गरि म हु नेपाली बाबु गीत मा रिदमको प्रस्तुतिले स्टेज तताएको देख्न सकिन्थ्यो । अन्य एकल नृत्य प्रस्तुत गर्ने बालबालिकाहरु आश्मा, सुबिग्य,एनाले आफ्ना छुट्टा छुट्टै प्रस्तुतिबाट सबै दर्शकलाइ मन्त्रमुग्ध परेका थिए । यसैगरि गायन मा निहित आचार्य र स्यामी को एकल अनि अग्रिम र आर्नभ को संयुत्त प्रस्तुति रहेको थियो।
बालबालिकाका मिठा प्रस्तुति पछि अभिभावकका पनि प्रस्तुति निकै रमाइला रहे । नेपालकी छोरी हु म गीतमा रेखा रेग्मी को नाच निकै उत्कृष्ठ रह्यो।अनि कार्यक्रमको सरप्राइज प्रस्तुति रहेको थियो बडा बा – मुकुन्दे कमेडी गीत मा गरिएको प्रस्तुति । शैलेन्द्र देवकोटा,नारायण खनाल लगायत साथीहरु को प्रस्तुति निकै रोमान्चक मात्र हैन पेट मिची मिची हसाउने थियो।
सास्कृतिक कार्यक्रमको अन्तिम तर अति नै महत्व बोकेको प्रस्तुति रहेको थियो : पूर्व कोहि पश्चिम घर गीतमा सातजना महिला अभिभावकको संयुत्त नृत्य । यो प्रस्तुति यसकारण पनि बिशेष थियो कि सात जनामा सबैको पहिरन ले केहि बोलिरहेको थियो ।जस्तै विभिन्न जातजाति : नेवारी , शेर्पा, थारु,तामांग , गुरुङ अनि हिमाल पहाड र तराई को प्रतिनिधित्व । निलिमा हुमागाई को कोरियो ग्राफी तथा नेतृत्व को यौ प्रस्तुति मा साथ दिने अन्य कलाकारहरुमा रिता पाण्डे , सपना खनाल देवकोटा, दीपा ढकाल न्यौपाने, मन्जु पाण्डे , आज्ञा अधिकारी, प्रमिला पौडेल रहेका थिए।
सांगीतिक कार्यक्रमको समापन संगै कार्यक्रम को अर्को भाग बार्बीक्यु , स्पुन रेस , भलिबल लगायतका कार्यक्रम रहेका थिए।
त्यो बिचमा नेपाली पाठशालामा बालबालिकालाइ पढाउन आफ्नो अमुल्य समय खर्चिने शिक्षिकाहरु लाई सम्मान प्रदान गर्दै मायाको चिनो प्रदान गरिएको थियो । डा देव जैसी ले सम्मान प्रदान गर्दै धन्यवाद ज्ञापन गर्नु भएको थियो । सम्मानित हुनुहुनेहरुमा प्रमिला पौडेल,आज्ञा अधिकारी ,अनिरा कंडेल अनि शोभा डंगोल हुनुहुन्थ्यो।
बार्बीक्युमा सुबोध अधिकारी,हुमलाल भण्डारी अनि बालकृष्ण नेपाल को टोलि निकै खटिएको देख्न सकिन्थ्यो । बालबालिकाका खेलकुदमा बिजय गैरे , प्रमिला पौडेल र अनिरा कडेल को संयोजकत्व रहेको थियो।यसो त आउदै गरेको इस्टर चाड पारी एग हन्ट पनि खेलिएको थियो।अभिभावक भलिबल मा नारायण खनाल अनि धन दीपक कार्की को संयोजकत्व रह्यो।मौसम अनुकुल नहुदा भलिबल को निर्धारित कार्यक्रम हुन नपाए पनि स्वत स्फुर्त रुपमा खेल चाही भैरहेको देख्न सकिन्थ्यो।बिहान ११ देखि साझ घाम नअस्ताउन्जेल विभिन्न कार्यक्रमको संयोजनले एक प्याकेज कै महशुश गराई रहेको थियो ।अन्त्यमा डिजे नाच जसमा भर्जिनिया देखि आउनुभएका बिरेन्द्र आचार्य को जादुमय नृत्य ले सबैलाई मन्त्र मुग्ध पारेको थियो । फोटोग्राफिमा रजमित मानन्धर को योगदान रह्यो।
कार्यक्रमको ब्यबस्थापन मा स्वयमसेवकहरु को राम्रो संयोजकत्व देखिन्थो।कार्यकमका मुख्य संयोजक शैलेन्द्र देवकोटाले कार्यक्रम समापनमा बोल्दै सबैलाइ धन्यवाद प्रकट गर्नु भएको थियो ।
प्रतिक्रिया