संघीयता (प्रदेश सरकार), ८८४ सांसद संख्या, मन्त्री संख्या, समानुपातिक प्रणाली, नेताहरू र सरकारको फिजुल खर्चले मुलुकको अर्थतन्त्र ध्वस्त भएको हो ।
(१) मुलुकमा संघीयता (प्रदेश सरकार) को आवश्यकता छैन । संघीयता तत्काल खारेज गरौं ।
(२) मुलुकको ७५ जिल्लामा ७५ जना प्रतिनिधित्व गर्ने सांसद भए पुग्छ । ८८४ जना सांसद संख्या किन चाहियो ? ८८४ जना सांसद संख्या खारेज गरौं ।
(३) मन्त्री संख्या १५ भए पुग्छ । अधिक मन्त्रीहरुको संख्या घटाउने काम गरौं ।
(४) मुलुकमा समानुपातिक प्रणालीको आवश्यकता छैन । हाम्रो मुलुकमा समानुपातिक प्रणाली नेताहरूको आफन्तवाद र नातावादको लागि मात्र देखियो । मुलुकमा समानुपातिक प्रणाली किन चाहियो ? समानुपातिक प्रणाली तत्काल खारेज गरौं ।
(५) मुलुकको ढुकुटीबाट सरकार र नेताहरूले भ्रमण लगायतका फिजुल खर्च गर्नुपर्ने किन ? फिजुल खर्चहरु सबै नियन्त्रण गर्नुपर्ने देखिन्छ ।
स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा । मोबाइल नम्बर ९८४८०५५७७६ ।
प्रतिक्रिया