सञ्चारकर्मी ज्योत्सना घिमिरेको अभिनयमा ‘यो मुटु भरी ‘ सार्वजनिक

इनेप्लिज २०७८ चैत २८ गते ९:५६ मा प्रकाशित

काठमाण्डौं।सञ्चारकर्मी ज्योत्सना घिमिरे र विवेक जोशीको अभिनयमा रहेको‘यो मुटु भरी ‘ गीतको भिडियो म्युजिक फोर के मार्फत सार्वजनिक भएकोछ । माया प्रेम र रोमान्समा रहेका युवा य्ुवती विचको प्रेम लाई गीतमा समेटिएको छ।गीतमा यादव घिमिरे र सृष्टि हिङमाङले स्वर दिएका छन ।

माया भन्दा ठुलो धन सम्पती नभएको कुरा लाई गीतमा चित्रण गरिएको छ।विदेशी भुमीमा जान लागेको श्रीमानलाई परदेशमा भन्दा स्वदेशमै केही गर्न सकिन्छ भनेर गीतमा देखाइएको छ।प्रेममा त्यागिने समपर्णलाई गीतको माध्यमबाट लेखिएको गीतकी सर्जक तथा मोडल ज्योत्सना घिमिरेले बताइन।यादव घिमिरेको संगीत तथा नोरवु शेर्पाको एरेन्जमा गीत तयार गरिएको छ । काठमाण्डौं आसपासका रमणिय स्थलमा छायाँकन गरिएको गीतमा जिवनका सुनौला पलहरुलाई देख्न सकिन्छ । रोनिस तामाङको छायाँकन , एकान्त मगरको सम्पादन तथा आदित्य ठकुरीको निर्देशन भिडियोमा रहेको छ।

प्रतिक्रिया