जैन समुदायले भगवान महावीर जन्मजयन्ती भव्यताको साथ मनाउदै

इनेप्लिज २०७८ चैत २८ गते ९:३२ मा प्रकाशित

जैन धर्मका प्रर्वतक तथा भगवान महावीरको २६२१ औ जन्म जयन्ति काठमाण्डौमा भव्यताको साथ मनाइने भएको छ।नेपाल जैन परिषद्को आयोजनामा यहि बैसाख १ गते बिबिध कार्यक्रम आयोजना हुने भएको हो।अहिंसा र सदमार्गको पथ लाइ पछ्याउदै जैन धर्मलम्बिहरु यस जन्मजयन्तिलाइ पर्वको रुपमा मनाउदै आएको छ ।

२६२१ बर्ष अघि जन्मिनु भएका भगवान महावीरले साढे १२ बर्ष सम्मको निरन्तर साधना गरि जनमानसमा ज्ञानको ज्योती फैलाउनु भएको थियो।चैत्र शुक्ल त्रयोदशिको दिन मनाउदै आएको यस जन्मजयन्तीलाइ हर्षोैउल्लासको साथ मनाउन हरेक बर्ष देश तथा बिदेशका बिशिष्ट व्यक्तिहरुको उपस्थितिमा यस जन्मजयन्ति मनाउने गरिन्छ।विश्वभर छरिएर रहेका जैन समुदायले यस दिनलाइ ठूलो चाडको रुपमा र अहिंसा दिवसको रुपमा मनाउने गर्दछन्।

यस पटकको भववान महावीर स्वामीको २६२१ औ जन्मजयन्तिमा राजधानिमा रहेको नेपाल जैन परिषद्को निमन्त्रणामा देश तथा बिदेश बाट जैन धर्मका बिद्धान तथा अनुयायीको उपस्थिति रहने कार्यक्रम संयोजक सुमित जैनले बताउनु भयो।नेपाल जैन परिषद्का अध्यक्ष महेन्द्र कुमार जैन भटेराको अध्यक्षतामा बैसाख १ गते शोभायात्रा र अर्चना सभा आयोजना हुने भएको छ।

प्रतिक्रिया