भेट त भयो हाम्रो छुटिने………………..

 गोबिन्द राज ओझा २०७८ चैत २७ गते १६:०० मा प्रकाशित

भेट त भयो हाम्रो छुटिने बेला पनि भयो

भाग्य नै यस्तो रहेछ,बाध्यताले छुटिनु पर्यो

 

तिम्रो साथ हुदा तिमिलाई धेरै दु:ख दिए होला

छुटिएर जादा मेरि मायालु यो मन दुखि रहला

समय नै यस्तो आयो हामि आज छुटने भयौ

दैबको खेल यस्तै, मनलाई रुवाएर बस्ने भयौ

 

झगडा सधै भए पनि मन भित्र बाट माया गर्यौ

देउरालिको मन्दिरमा सँगै बाच्ने कसम खाएका थियौ        

सम्झनामा तिमिलाइ बोकेर बाच्नुपर्ने भयो

भाग्य नै यस्तो रहेछ,बाध्यताले छुटिनु पर्यो

 

भेट हाम्रो भए पनि बिछोडको समय पनि आयो

भाग्य नै यस्तो रहेछ,बाध्यताले छुटिनु पर्यो

 

गोबिन्द राज ओझा

[email protected]

दिपायल सिलगढी नगरपालिका वडा नं.२ दिपायल ,डोटी ,  नेपाल

 

 

प्रतिक्रिया