यस्तो छ ‘सम्झना बिर्सना’ मा पूजा–आकाशको रोमान्स

इनेप्लिज २०७८ चैत २७ गते १५:५१ मा प्रकाशित

 

काठमाडौं÷२७ चैत्र।पूजा शर्मा र आकाश श्रेष्ठ प्रमुख भूमिकामा रहेको फिल्म ‘सम्झना–बिर्सना’ को ‘परेलीमा..’बोलको रोमान्टिक गीत सार्वजनीक गरिएको छ ।निमेष प्रधानको निर्देशीत फिल्मको गीत आइतबार राजधानीमा प्रेसमिट गरि प्रदर्शन गरिएको हो।दार्जिलिङका रमणीय स्थलहरुमा खिचिएको गीतमा अञ्जु पन्त र निर्देशक निमेषको स्वर छ।पूजा र आकाश फिचर्ड गीतको शब्द र संगीत पनि निर्देशक निमेषकै हो।

०७९ को जेठ ६ गते प्रदर्शन हुने फिल्मको प्रस्तुतकर्ता अद्वितीय प्रधान हुन भने निर्मातामा रेबिका प्रधान छिन्।कार्यक्रममा निर्देशक निमेषले आफ्नो फिल्ममा नौलो प्रेमकथा प्रस्तुत गरिएको बताए।गायक,गीतकार र संगीतकारसमेत रहेका निमेषले आफ्नो फिल्मले दर्शकलाई भरपुर मनोरञ्जन दिने दावी गरे।फिल्मका प्रस्तुतकर्ता अद्वितीयले आफूहरु निरन्तर नेपाली फिल्म निर्माण गर्ने योजनामा रहेको बताउदै ‘सम्झना बिर्सना’ ले दर्शकको मन जित्ने बिश्वास ब्यक्त गरे।

अभिनेत्री पूजाले ‘सम्झना बिर्सना’ टिमसँग काम गर्न पाउदा निकै खुशी लागेको बताइन्।उनले अभिनेता आकाश आफूलाई कन्फर्ट लाग्ने बताउदै दर्शकले आफूहरुलाई यो फिल्ममा पुनः एकपटक संगै देख्न पाउने बताइन्।‘मलाई आकाश र पलसँग काम गर्न निकै सहज लाग्छ।दर्शकले पनि म र आकाशलाई फेरि एकपटक पर्दामा हेर्न चाहनु भएको छ।त्यसकारण पनि मलाई यो फिल्मप्रति निकै मोह छ।’उनले फिल्म निकै राम्रो बनेकाले फेरि पनि सबैको माया पाउनेमा ढुक्क रहेको बताइन्।त्यसैगरी,अभिनेता आकाशले ‘सम्झना बिर्सना’ सम्झन लायक फिल्म भएको बताउदै कोरोनापछि यही फिल्ममार्फत आफू पर्दामा आउन लागेकोमा दर्शकको माया पाउने बिश्वास ब्यक्त गरे।कार्यक्रममा निर्मात्री रेबिकाले आफूहरुले निकै मिहीनेतका साथ फिल्म बनाएकाले सबैको साथ,हौसला र मायाको आशा राखेको बताइन्।छायाँकार शिब ढकालले दर्शकको मनोरञ्जनका लागि निकै मिहिनेतका साथ फिल्म निर्माण गरिएकाले सफल हुनेमा सतप्रतिशत बिश्वस्त रहेको बताए।कोरियोग्राफर कमल राईले हरेक बर्गका दर्शकलाई यो फिल्म मन पर्ने दावी गरे।

आरआर फिल्मस्ले बितरण गर्ने फिल्ममा पूजा र आकाशका साथमा सुनील थापा,शिसिर राणा,छुल्ठिम गुरुङलगायतका कलाकारले अभिनय गरेका छन् । दार्जिलिङ,सिल्गुढी तथा सिक्कीमका रमणीय स्थानमा खिचिएको फिल्मको कथा र पटकथा निर्देशक निमेषकै हो भने सम्वाद लेखनमा उनलाई शिसिर राणाले साथ दिएका छन्।

आदित्य फिल्म्स्को प्रस्तुति रहेको ‘सम्झना बिर्सना’शिब ढकालले खिचेका हुन भने सम्पादन तारा थापा‘किम्भे’ ले गरेका छन्।फिल्मका गीतमा राजन इशान, सुदर्शन तामाङ र निर्देशक निमेषकै संगीत छ।कमल राईको कोरियोग्राफी रहेको फिल्मको प्रोडक्शन राम कार्की र कृष्ण प्रधानले सम्हालेका छन् फिल्मको ट्रेलर छिट्टै सार्वजनीक गरिने जानकारी निर्देशक निमेषले दिएका छन्।

 

 

प्रतिक्रिया