बोरिस जोन्सनले युक्रेनको किभका रेल कामदारहरूको प्रशंसा गरेका छन् । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले युक्रेनको रेलवे कार्यबलका “फलामका मानिसहरू” को संज्ञा दिदैधन्यवाद दिएका छन । आइतवार पोल्याण्डबाट कीभ जाने रेलमा सवार भएको अङ्कियदृश्य (भिडियो)मा, उनले त्यसो भने।
क्रामाटोर्स्क रेल चौकी (स्टेशन)मा विनाशकारी क्षेप्यास्त्र आक्रमणमा ५२ जना नागरिकको मृत्यु र दर्जनौं घाइते भएको दुई दिनपछि त्यो अङ्किय दृश्य (भिडियो) बाहिरिएको थियो, जसले अन्तर्राष्ट्रिय आक्रोश फैलाएको थियो।
“म पोल्याण्डबाट कीभ सम्मको उत्कृष्ट युक्रेनी रेल यात्रा गर्दैछु,” जोन्सनले युक्रेनी राज्यबाट संचालित युक्रेनी रेलमा भने। उनले युक्रेनको यात्रा बारेमा जानकारी दिएका थिएनन । गोप्य राखिएको थियो र अप्रत्यासित रुपमा युक्रेन पुगी युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसंग भेट गरेका थिए ।
जोन्सनले युक्रेनका रेलमा काम गर्ने पुरुष र महिलाहरूलाई “आइरन पिपल” अर्थात् फलामका जनता या दृढ मानिसहरु भनि संज्ञा दिए । “हामीले देखिरहेको भयावह आक्रामकताको सामना गर्न तपाईहरुले युक्रेनको भावना देखाउनु भएको भावनालाई प्रतिबिम्बित गर्दछ,” उनले भने।
“म क्रामाटोर्स्कमा तपाईहरुका केही सहकर्मी र साथीहरूलाई गुमाउनु भएकोमा धेरै दु:खी छु। र ,हामी बेलायत (युके)मा तपाईहरुसँग सहानुभूति र ऐक्यबद्धतामा उभिएका छौं, ”उनले अगाडी भने ।
प्रतिक्रिया