नेवा:जागरण मंच जापानको तेस्रो अधिवेशन सम्पन्न भएको छ । गत आइतबार टोकियोमा सम्पन्न अधिवेशनबाट सन २०२२-२०२४ को कार्यकालका लागि कृष्ण बदन जोशी अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ ।
अधिवेशनले वरिष्ठ उपाध्यक्ष सागर कपाली , उपाध्यक्षमा राम भक्त जोशी निर्वाचित भएको निर्वाचन समन्वय समितिका संयोजक जमुना जोशीले जानकारी दिनुभयो ।
त्यसै गरी मञ्चको महासचिब रुकेश गोसाईं तथा सचिवमा श्याम तन्दुकार लाई चयन गरिएको छ भने कोषाध्यक्षमा श्रृजना शाक्य निर्वाचित भएको निर्वाचन समन्वय समितिका सदस्य मतिना श्रेष्ठले जानकारी दिनुभयो ।
सर्वसम्मतरूपमा सम्पन्न भएको निर्वाचनबाट सदस्य पदमा ब्यांचा दाई , केईको मुरायामा ,सुनिल श्रेष्ठ ,नरेन्द्र कुमार शाक्य ,मनोहर लाल शाक्य , दिकेश सुवाल ,दिपक श्रेष्ठ ,शैलेन्द्र गोपाली ,उपेश श्रेष्ठ ,मुकेश तन्दुकार ,प्रमेश श्रेष्ठ ,दिपेन महर्जन , मिलिता महर्जन ,मनोज गोपाली ,शैल गोपाली ,रितेश मानन्धर ,बबीन नाकर्मी ,सनोज नाकर्मी र कौशल्या बज्राचार्य निर्वाचित हुनुभएको छ ।
त्यसै निर्वाचित हुने सदस्यहरूमा महेंद्र लाल शाक्य , रोजी शाक्य लक्ष्मण भक्त जोशी ,सचिन श्रेष्ठ ,चन्द्रमान महर्जन ,सरला शाक्य, निर्मला बज्राचार्य,जमुना जोशी र संगीता शाक्य रहनुभएको छ । अधिवेशनबाट सरंक्षकमा प्रा.डा.केशव लाल महर्जन तथा विशेष सल्लाहकारमा मन्चका संस्थापक अध्यक्ष सुनिल कुमार शाक्य र अनुगमन आयोगको अध्यक्षमा रबि श्रेष्ठ शाख: र सदस्यमा अनिल कुमार शाक्य लाई चयन गरिएको छ भने सल्लाकार समितिको अध्यक्षमा मञ्चका निवर्तमान अध्यक्ष जनक राज शाक्यलाई चयन गरेको छ त्यस्तै मंचको आईटी क्षेत्रको जिम्मेदार सन्दीप नरसिं शाक्यलाई जिम्मा दिईएको छ ।
अधिवेशनलाई भर्चुअलको माध्यमबाट सम्बोधन गर्दै नेवा: जागरण मन्च का संयोजक सुजिब बज्राचार्य र नेवा:एकता अभियानका संयोजक कुमुद श्रेष्ठले शुभकामना दिनुभएको थियो ।
सम्बोधन गर्दै उहाँहरुले नेपाल भाषा ,कला, संस्कृतिको र आर्थिक राजनितिक विकास गर्न सबै एक भएर पद , लोभ , लालचलाई अन्त्य गर्दै निस्वार्थ भावनाले उन्नत नेपालको यात्रामा अगाडी बढ्न र अब आउने स्थानीय चुनावमा एक जूत भएर आ-आफ्नो क्षेत्रबाट सक्रिय हुन अनुरोध गर्नु भएको थियो ।
उक्त कार्यकर्ममा ब्यांचा दाई, सुनिल श्रेष्ठ , मनोहर लाल शाक्य र सुमित्रा बज्राचार्य लगायतले आफ़नो मन्तव्य राख्नुभएको थियो ।
उक्त कार्यक्रममा रुकेश गोसाईंको नव दम्पतिलाई ब्यांचा दाईले खादा ओदाएर बधाई तथा शुभ कामना पनि दिएको थियो l
औपचारिक कार्यक्रम मञ्चका संस्थापक अध्यक्ष सुनिल कुमार शाक्यको अध्यक्षता र सदस्य मनोहर लाल शाक्यको संचालनमा सम्पन्न भएको थियो ।
प्रतिक्रिया