जोन्सनलाई कीभमा स्वागत छ, मेरो साथी भन्दै रुसलाई “अझ थप दबाब” दिन जेलेन्स्कीद्वारा आह्वान

इनेप्लिज २०७८ चैत २६ गते २१:२१ मा प्रकाशित

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले शनिबार युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग युक्रेनको राजधानी कीभमा ऐतिहासिक भेट गरेका छन्। उनले आश्चर्यजनक रुपमा युक्रेनको यात्रा गरे । यस समयमा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई ठूलो हौशलाको आवस्यक पर्ने उचित समयमा जोन्सनले उदाहरण बनेका छन् ।

हुन् त उनलाई भेट्न थुप्रै युरोपका नेताहरु पुगी सकेका छन् । दिनहु प्रोत्साहन र उच्च मनोवल राख्न उनलाई हरेक प्रकारका सहयोग गरि रहेता पनि भौतिक रुपमा भिषण युद्ध बिचमा युक्रेन पुग्नुले ठूलो महत्व राख्दछ । प्रधान मन्त्रि जोन्सनको उचाई एक कदम माथि भएको छ । उनि युक्रेनको सच्चा साथी भएका छन् र युक्रेनी जनताको हृदयमा बस्न सफल भएका छन ।

प्रधानमन्त्री जोन्सन युक्रेनी जनतासँग ऐक्यबद्धता प्रकट गर्न राष्ट्रपति जेलेन्स्कीलाई व्यक्तिगत रूपमा भेट्न युक्रेन गएका हुन् । साथै युक्रेनलाई बेलायतको दीर्घकालीन सहयोगबारे छलफल गर्ने र प्रधानमन्त्रीले आर्थिक र सैन्य सहायताको नयाँ संपुष्टि (प्याकेज )तय गर्नेछन्,’ भनि डाउनिङ स्ट्रिटका प्रवक्ताले बताए ।

जेलेन्स्कीले शनिबार जोन्सनलाई युक्रेनको राजधानी कीभमा स्वागत गरेको र युक्रेनको राष्ट्रिय सुरक्षा र रक्षा परिषद्को प्रेस सेवाले शनिबार आफ्नो आधिकारिक ट्विटर खाता मार्फत जानकारी गरायो ।

जोन्सन “रूसी आक्रमणको सबैभन्दा सिद्धान्त विरोधीहरू मध्ये एक हुन् , रुसमाथि प्रतिबन्धको दबाब र युक्रेनलाई रक्षा समर्थन गर्ने नेता। कीभमा स्वागत छ, मेरो साथी!”, जेलेन्स्कीले आफ्नो शीर्षक (क्याप्शन)मा मै उल्लेख गरेका छन् ।

जोन्सनले शनिबारको बैठकको बारेमा ट्वीट गर्दै कीभमा जेलेन्स्कीसँगको भेट “युक्रेनका जनताको लागि हाम्रो अटल समर्थनको प्रदर्शन” भएको बताए।

“हामी आर्थिक र सैन्य सहायताको नयाँ प्याकेज(संपुष्टि) निश्चित गर्दैछौं जुन रुसको बर्बर अभियानको बिरूद्ध उनको देशको संघर्षको लागि हाम्रो प्रतिबद्धताको प्रमाण हो,” जोन्सनले एक प्रकाशनमा भने ।

जेलेन्स्कीले “रक्षा र प्रतिबन्धहरू” मा युक्रेनीहरूलाई सहयोग गर्न रुसलाई “अझ थप दबाब” को लागी आह्वान गरे ।

अन्य देशहरूले बेलायतको उदाहरण पालना गर्नु पर्छ, जेलेन्स्कीले भने, “रुसको ऊर्जा क्षेत्रमा पूर्ण नाकाबन्दी लगाउने, युक्रेनलाई हतियारको प्रावधान बढाउने समय हो।”

“हामीले हाम्रो युद्ध विरोधी गठबन्धनलाई अझ बलियो बनाउन आवश्यक छ। हामी आशा गर्छौं कि लन्डनले यस प्रक्रियामा मुख्य भूमिका खेल्नेछ, “उनले भने।

जेलेन्स्कीले दुई नेताबीच युक्रेनको पुनर्निर्माणका बारेमा पनि कुराकानी भएको बताए ।

“हामी मिलेर हाम्रो देश र हाम्रा शहरहरूको पुनर्निर्माण गर्नेछौं,” उनले भने।

जेलेन्स्कीले रुसी आक्रमणबाट तहस नहस भएको शहरको भ्रमण समेत जोन्सनलाई गराएका थिए ।

प्रतिक्रिया