विराटनगर,२५ चैत।नेपाली कांग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री विजय कुमार गच्छेदारले आउँदो संसदीय निर्वाचनसम्म सत्तामा सहभागी गठबन्धन दलहरु बीच तालमेल गरि अगाडि वढनु पर्ने बताउनु भएको छ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले नेकांले अधिकांश स्थानमा विजय हुने स्थिति भएपनि गठबन्धनको संस्कृति जोगाउन तालमेल गरेर अघि बढ्नुपर्ने प्रष्ट पार्नु भयो।
केन्द्रीय सदस्य गच्छदारले गठबन्धनहरु दहरुमा जहाँ जस्को पडक र अग्रता एवं दोश्रो स्थान ल्याई पराजित भएको आधारमा सहमती कायम गरि तालमेल हुने धारणा राख्नु भयो।
उहाँले विराटनगर र चितवन महानगरपालिकाका प्रमुखको उम्मेदवारीका सम्वन्धमा सहकार्य र सहमतीको आधारमा निर्णय हुने प्रष्ट पार्नु भयो।
नेता गच्छदारले आवश्यकता र औचित्यका आधारमा तालमेल गर्ने नेकांको केन्द्रीय समितिको निर्णय भैसकेको अवस्थामा स्थानीय तहमा रहेको स्थितिमा आधारमा सिट बाँडफाँड हुने बताउनु भयो।नेता गच्छदारले तालमेलका लागि मापदण्ड बनाउने कार्य भईरहेको जानकारी दिनुभयो।
एक प्रश्नको जवाफमा उहाँले गच्छेदारले पार्टी भित्र ४० प्रतिशत मत ल्याउनेलाई पनि सम्मानजनक स्थान दिनुपर्ने बताउनु भयो।
नेता गच्छदारले लोकतान्त्रिक फोरम र राप्रपाबाट नेकांमा समाहित भएकालाई सम्मानजनक स्थान पाउने विश्वास व्यक्त गर्नुभयो।
प्रतिक्रिया