’नेशनल आर्टिष्ट अवार्ड–२०७९ ’का लागि आवेदन खुल्ला
काठमाडौं :नेपाली सिने तथा गीत संगीतमा रहेका सम्पूर्ण विधा समेट्दै ’नेशनल आर्टिष्ट अवार्ड–२०७९’ हुने भएको छ । नेपालीे मौलिक धारमा रहेका नेपाली सष्ट्रा र सर्जकको सम्मानका लागी अवार्ड कार्यक्रम आयोजना हुन लगेको अवार्डका कार्यक्रम निर्देशक जस बहादुर याक्खाले बताए ।
सांगीतिक तथा सम्पूर्ण मनोरञ्जनका क्षेत्रमा नयाँ सर्जक तथा सिर्जनशिल सष्ट्रालाई प्रेरणा थप्ने उद्देश्य रहेको आयोजकको दावी छ । मौलिक, कला, संस्कृति, संगीत, चलचित्र, क्षेत्रका व्यक्तित्वहरूलाई पुरस्कृत एवं सम्मानित गरिने आयोजक सस्था साहित्य सरोवर मिडिया प्रालीका कार्यक्रम संयोजक सन्तोष कटवालले बताए ।
अवार्ड जेष्ठको अन्त्यमा प्रदान गरिने आयोजक अध्यक्ष रोशन पोखरेलले बताए । अवार्डका लागि आवेदनको खुल्ला गरिएको छ । आवदेन फारम बैशाख ३० गते सम्म फारम लिइने आयोजक ले बताएको छ ।
उत्कृष्ट गायक, गायिका, संगीतकार, रचनाकार, नवप्रतिभा, लोक तथा दोहोरी गायक–गायिका, पर्व विशेष गित(तिज, दशैँ तिहार,होलि), भेग विशेष (पुर्बेली, काठे, पश्चिमेली) भजन, पप÷आधुनिक गायक–गायिका, भाषा–भाषिका गीत, म्युजिक भिडियो मोडलहरुले सहभागिता जनाउन सक्ने आयोजक सस्थाले जनाएको छ । आवेदन फारम ९८५२०२२९१८, ९८५११३९७६६, ९८४११५१४०९ मार्फत प्राप्त गर्न सकिने भएको छ ।
युएस-नेपाल पोलिसी रिसर्च सेन्टरको सातौं वार्षिक सम्मेलन सम्पन्न
अमेरिकामा केटी बनेर केटालाई नग्न तस्बिरहरु आदान-प्रदान गर्न बाध्य बनाए पछि १७ बर्षिय केटाद्वारा आत्महत्या
न्यूयोर्कमा नेपाल झल्काउने ‘नेपाल डे’ परेड
शिकागो म्याकडोनाल्ड्स बाहिर क्रूर हिंसामा ९ जनालाई गोली प्रहार ,२ जनाको मृत्यु
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट १ लाख ७ हजार संक्रमित ,३०१ जनाको मृत्यु
प्रतिक्रिया