दुबईमा बिदाई तथा सम्मान कार्यक्रम सम्पन्न

लालबहादुर ढेंगा,दुबई,युएई २०७८ चैत २४ गते २१:४१ मा प्रकाशित

लालबहादुर ढेंगा,दुबई,युएई दुबई।गएको ६ अप्रिल बुधबारका दिन दुबईस्थित बिशालाक्षी नेपाली रेष्टुरेण्टमा नेपाली समाज युएईले एउटा कार्यक्रमको आयोजना गरेर बिदाई तथा सम्मान गरेको छ । सो कार्यक्रममा नेपाल वायुसेवा निगमका कन्ट्री मैनेजर टिकाराम पंगेनी उहांका सहयोगी रमन निरौला र रुपक बज्राचार्यलाई बिदाई गरेको छ भने भर्खरै मात्र नियुक्त हुनु भएका एनआरएनए आईसीसी मध्यपूर्व संयोजक मनोजकुमार श्रेष्ठ र उपसंयोजक राजु केसीलाई सम्मान गरेको हो।

उक्त कार्यक्रमको अध्यक्षता नेपाली समाज युएईका अध्यक्ष गोविन्द ढकालले गर्नु भएको थियो।त्यसैगरी अन्य अतिथिहरुमा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, समाजसेवी र पत्रकारहरु रहेका थिए।महासचिव बेदप्रसाद अर्यालद्धारा संचालन गरिएको कार्यक्रममा उपाध्यक्ष कमल गिरीको शुभकामना मन्तव्य रहेको थियो।

वैदेशिक रोजगारीको सिलसिलामा विगत लामो समयदेखि युएईमा कार्यरत रहि विभिन्न संघ संस्थाहरुमा आवद्ध रहेर धेरै सामाजिक कार्यहरु गरेको उदाहरणहरु देख्न सकिन्छ।हेर्दामा आकर्षित,सरल स्वभाव र अति नै मिलनसार मनोजकुमार श्रेष्ठ मध्यपूर्व संयोजकमा मनोनित भएपछि धेरैको आशा पलाएको पाईन्छ।केहि कार्य सुरुवात गरेपछि पूरा गरेर नै अगाडि बढ्ने साहसीको रुपमा चिनिने व्यक्तित्व हो।मध्यपूर्वबाट युवा नेत्रुत्व संयोजक मनोजकुमार श्रेष्ठ र उपसंयोजक राजु केसीको आगमनले सम्पूर्ण संघ संस्थाहरुमा उमंग छाएको छ।साथै साथमा साथ हातमा हात गरेर सहकार्यको पनि अपेंक्षा राखेका छन्।

लामो समयदेखि इतिहास बोकेको नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको युएईका लागि कन्ट्री मैनेजर टिकाराम पंगेनीका साथै उहांका सहकर्मी रमन निरौला र रुपक बज्राचार्यलाई दोसल्ला ओढाई सम्मान–पत्र दिएर बिदाई गरेको छ।उहांहरुको युएईको ४ बर्षिय कार्यकाल सकेर नेपाल जाने भएकाले बिदाई गरेको हो।सन् २०१० मा नेपाल वायुसेवा निगममा प्रवेश गरेका पंगेनीले युएईमा रहेर प्रवासी नेपालीहरु र संघ संस्थाहरुबाट भुल्नै नसक्ने माया पाएको बताउनु भएका छन्।नेपाल गएता पनि उहांको मार्केटिङ क्षेत्र परेकाले अझै सम्बन्ध बाक्लो र नजिक हुनेमा पनि बिश्वास दिनु भयो।

कार्यक्रम छोटो र मिठो भएकाले वक्ताहरुले आ–आफ्नो भनाईहरु समेत राखेका थिए।मन्तव्यको क्रममा नेपाली समाज युएईका अध्यक्ष गोविन्द ढकालले मध्यपूर्व संयोजक मनोजकुमार श्रेष्ठ र उपसंयोजकमा राजु केसीलाई सफल कार्यकालको शुभकामना दिनु भएको थियो भने नेपाल वायुसेवा निगमका टिकाराम पंगेनीले आफ्नो कार्यकालमा नेपाली समाज युएईसंग सहकार्य गर्दै धेरै उद्धारकार्यहरु गर्नु भएको बताउनु भयो।एउटा असल व्यक्तिलाई बिदाई गर्दाको पीडा अनुहारमा देख्न सकिन्थ्यो।अन्त्यमा निम्तो मानेर आउनु भएका सम्पूर्ण पाहुनाहरुलाई धन्यबाद दिदै खाना खाएर जानका लागि आग्रहका साथ कार्यक्रम समापन भएको घोषणा गरेका थिए।

 

प्रतिक्रिया