‘यादहरु’

रजनी मल्ल न्यु जर्शी अमेरिका। २०७८ चैत २३ गते २२:०६ मा प्रकाशित

छोडिसकेको अतितलाई किन,फर्की फर्की हेरिरहन्छु म

बर्तमानमा पाइला टेके पनि,किन सधै चिप्लिरहंछु म

मुटु भित्र गढेको अदृश्य मायालाई,कहाँ नै भुल्न सक्छु र म

त्यहि माया भित्र रुमल्लिदै जादा,आफैभित्र हराउछु म

कहिले मन भारि हुदा,बिसाउने चौतारी खोजिरहन्छु म

अनि यता कतै भावनाभित्र,मनका कुरा पोख्छु म

कहिले अतितलाई सम्झेर,आफैभित्र दंग पर्छु म

जतिसुकै टाढा किन नजाउन,त्यतै कतै डुलिरहंछु म

छोडिसकेको अतितलाई किन,माया सधै गरिरहन्छु म

बर्तमानमा जतिसुकै रमाए पनि,अतितको माया खोजिरहन्छु म

जति जति समय बित्दै जान्छ,यादहरु ताजा भैदिन्छ

जति जति दुरी बढ्दै जान्छ,नजिकपनको आभास हुन्छ

तिमीलाई पनि यस्तो भै रहन्छ कि,भन न हे साथी !

सधै भरि ति यादहरु,सम्झनाहरु,किन आइरहन्छ मै माथि!

 

 

प्रतिक्रिया