युक्रेनमा कम्तिमा १,४८० सर्वसाधारणको मृत्यु र कम्तिमा २,१९५ जना घाइते

इनेप्लिज २०७८ चैत २२ गते १७:०३ मा प्रकाशित

युक्रेनमा कम्तिमा १,४८० सर्वसाधारणको मृत्यु भएको र कम्तिमा २,१९५ जना घाइते भएको राष्ट्रसंघका अधिकारीले बताएका छन् ।

फेब्रुअरी २४ मा रुसी आक्रमणको शुरुवात भए देखि युक्रेनमा कम्तिमा १,४८० नागरिक मारिएका छन् भने कम्तिमा २,१९५ घाइते भएको जानकारी राजनीतिक  र शान्ति निर्माण मामिलाका लागि संयुक्त राष्ट्रसंघका उप-महासचिव रोजमेरी डिकार्लोले बताईन ।

मानव अधिकारका लागि उच्च आयुक्तको कार्यालयबाट अद्यावधिक गरिएको संख्यालाई उद्धृत गर्दै, डिकार्लोले भनिन ओएचसिएचआरले नागरिक मारिनेको वास्तविक तथ्याङ्क “धेरै बढी” भएको विश्वास गरेको छ।

उनले मार्च १७ मा सुरक्षा परिषद्लाई पछिल्लो पटक जानकारी दिएदेखि द्वन्द्वमा युक्रेनी नागरिकको संख्या “दोब्बरभन्दा बढी” भएको उल्लेख गरिन्।

प्रतिक्रिया