जेलेन्सकीले सार्वजनिक रुपमै बाइडेन पुटिनसँग डराउदैनन भन्नुको अर्थ के हुन सक्छ ? (भिडियो सहित)

इनेप्लिज २०७८ चैत २२ गते १०:०५ मा प्रकाशित

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले आफ्ना अमेरिकी समकक्षी जो बाइडेन रुसी राष्ट्रपति भ्लादिमिर पुटिन डराउँछन् भन्ने आफूलाई विश्वास नलागेको बताएका छन् । फक्स न्युजलाई शुक्रबार अन्तर्वार्ता दिने क्रममा जेलेन्स्कीले भनेका छन्,“मलाई बाइडेन पुटिनदेखि डराउँदैनन् भन्ने विश्वास किन लाग्छ भने उनी एउटा ठूलो मुलुकका नेता हुन्।”

फक्स न्युजको स्पेसल रिपोर्टमा उनले भनेका छन्,“म मेरो मुट्ठी कसिरहेको छु।यो हाम्रो परम्परा हो।मलाई थाहा छैन तपाईंहरूले यो मान्यतालाई बुझ्नु हुन्छ कि हुँदैन।मैले मुट्ठी कस्नु वा औँलाहरू क्रस गर्नुको अर्थ अमेरिकाका कुनै पनि राष्ट्रपति रुससँग डराउँदैनन् भन्न खोजेको हो । किनभने, हाम्रो लागि अमेरिका सदैव प्रजातन्त्रको प्रतीक हो।

मलाई विश्वास छ, अहिले युक्रेन पनि स्वतन्त्रताको प्रतीक नै हो।” रुसबाट युक्रेनमा गरिएको आक्रमणको अन्तर्राष्ट्रियजगत्बाट आलोचना भइरहेको छ । बेलायत, क्यानडा र अमेरिकालगायत मुलुकले जारी गरेका आर्थिक प्रतिबन्धका कारण रुस र त्यहाँका अत्यन्तै धनाढ्य व्यक्तिहरूका अर्थतन्त्रमा ठूलो नकारात्मक प्रभाव परिरहेको छ।

युक्रेन युद्ध सुरु भएदेखि नै बाइडेनले खुला रूपमा रुसी कार्यको विरोध गर्दै आएका छन्।उनले गएको महिना पुटिनलाई ‘युद्ध अपराधी’को संज्ञा दिएका थिए । हालै मात्र पोल्यान्ड भ्रमणका क्रममा बाइडेनले पुटिनलाई ‘कसाही’को संज्ञा दिएका छन्।एकपटक त बाइडेनले पुटिन सत्तामा रहिरहन सक्दैनन् समेत भनेका थिए।तर,तत्कालै ह्वाइ हाउस र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले उनको सो आशय सच्याएका थिए ।

https://www.youtube.com/watch?v=tAr9uC0aMTQ

प्रतिक्रिया