संयुक्त राष्ट्रका पूर्व अभियोजकले पुटिनलाई विश्वव्यापी गिरफ्तारी आज्ञापत्र (वारेन्ट) जारी गर्न आग्रह

इनेप्लिज २०७८ चैत १९ गते २२:१० मा प्रकाशित

संयुक्त राष्ट्रका पूर्व अभियोजकले पुटिनलाई विश्वव्यापी गिरफ्तारी आज्ञापत्र (वारेन्ट)जारी गर्न आग्रह गरेका छन् । पूर्व युगोस्लाभिया र रुवान्डाका लागि संयुक्त राष्ट्र युद्ध अपराध न्यायाधिकरणका पूर्व मुख्य अभियोजकले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको लागि अन्तर्राष्ट्रिय गिरफ्तारी आज्ञापत्र (वारेन्ट) जारी गर्न आह्वान गरेका छन्।

“पुटिन युद्ध अपराधी हुन्,” कार्ला डेल पोन्टेले शनिबार एक अन्तर्वार्तामा स्वीटजरल्याण्ड पत्रिका ले टेम्प्सलाई भनिन ।

उनको भर्खरको पुस्तकको विमोचन गर्न स्विस संचार माध्यमलाई दिएको अन्तर्वार्तामा, रुवान्डा र पूर्व युगोस्लाभियामा संयुक्त राष्ट्र संघको अनुसन्धानको निरीक्षण गर्ने स्विटजरल्याण्डकी वकिलले युक्रेनमा स्पष्ट युद्ध अपराध भएको बताइन्।

उनले युक्रेनमा रूसको युद्धमा सामूहिक चिहानको प्रयोगबाट विशेष गरी स्तब्ध भएको बताइन्, जसले पूर्व युगोस्लाभियाको सबैभन्दा खराब युद्धलाई सम्झन्छ।

“म फेरि कहिल्यै सामूहिक चिहान नदेख्ने आशा गर्छु,” उनले ब्लिक पत्रिकालाई बताइन्। “यी मृतकहरूका प्रियजनहरू छन् जसलाई तिनीहरूको के भयो भनेर पनि थाहा छैन। त्यो अस्वीकार्य छ।”

युक्रेनमा उनले पहिचान गरेका अन्य युद्ध अपराधहरूमा नागरिकहरूमाथि आक्रमणहरू, नागरिक भवनहरूको विनाश र सम्पूर्ण गाउँहरू ध्वस्त पार्ने समावेश थिए।

उनले अगाडी भनिन् युक्रेनमा अनुसन्धान युगोस्लाभियामा भन्दा सजिलो हुनेछ किनभने देश आफैंले अन्तर्राष्ट्रिय छानबिनको लागि अनुरोध गरेको छ। आईसीसीका वर्तमान प्रमुख अभियोजक करिम खानले गत महिना युक्रेन भ्रमण गरेका थिए।

उनले पुटिनलाई पनि जिम्मेबारीको गणनामा ल्याउन सम्भव हुने बताइन्।

“तपाईहरुले छोड्नु हुँदैन, अनुसन्धान जारी राख्नुहोस्। जब स्लोबोदान मिलोसेभिकमाथि अनुसन्धान सुरु भयो, उनी त्यति बेला अझै पनि सर्बियाका राष्ट्रपति थिए। त्यसबेला कसले सोचेको थियो कि एक दिन उनको न्याय हुनेछ? “उनले ब्लिकलाई भनिन्।

प्रतिक्रिया