शुक्रबारदेखि देशब्यापी प्रदर्शन थालेको फिल्म ‘हेल्लो जिन्दगी’ ले दर्शक तथा चलचित्रकर्मीबाट उत्कृष्ट प्रतिक्रिया प्राप्त गरेको छ।शुक्रबार ललीतपुरको लबिम मलमा ‘हेल्लो जिन्दगी’हेरेपछि बरिष्ट अभिनेता मदन कृष्ण श्रेष्ठले आफूलाई फिल्म निकै मन परेको प्रक्रिया दिए।
‘फिल्म एक्दम मज्जा लाग्यो,कतै नअल्झीकन सरर कथा बगेको छ।बिदेशमा बस्नेहरुको समस्या पनि देखाइएको छ,’ उनले भने,‘कतिपय फिल्म राम्रो नलागे पनि राम्रो भन्दिनु पर्ने हुन्छ।तर यो फिल्म वास्तबमै राम्रो छ।कतै ध्यान नदिइ हेरें।सबैलाई हेर्न आग्रह गर्दछु।’उनले फिल्मले मनोरञ्जनका साथै मिठो सन्देश पनि प्रावाह गरेको बताए।
अर्का अभिनेता रबिन्द्र झालाई पनि ‘हेल्लो जिन्दगी’ मन परेछ।उनले फिल्ममा सत्य घटनालाई प्रस्तुत गरिएकाले सबैले हेर्नुपर्ने बताए।‘फिल्मको कथा,निर्देशन, कलाकारको अभिनय सबैले मन छोयो,’उनले भने,‘फिल्म बहुतै दाम्मी लाग्यो। यही बसेर सरर लण्डन घुमेको महसुस हुन्छ।’
गायक तथा संगीतकार यमन श्रेष्ठले पनि फिल्म निकै मन परेको बताए।‘फिल्मले सुुरुदेखि नै‘होल्ड’गर्छ।फिल्मको हरेक पक्ष राम्रो लाग्यो।सस्पेन्स,ट्विस्टहरु एकदम ठिक ठाउँमा छन्।फिल्मले मनोरञ्जन मात्र नभइ सन्देश पनि दिन्छ।’उनले भने।अर्का अभिनेता तथा डा.समीर दीक्षितले पनि ‘हेल्लो जिन्दगी’ को तारिफ गरे।‘फिल्म बहुत मन पर्यो।एकदम स्ट्याण्डर लाग्यो।सबैलाई मन पर्ने फिल्म बनेको रैछ।सम्पूर्ण टिमलाई शुभकामना ब्यक्त गर्दछु।’दर्शकसँगै बसेर फिल्म हेर्दा निकै आन्नद लागेको निर्देशक एभरेष्ट सूर्य बोहराले बताए।‘जति पनि दर्शकले फिल्म हेर्नु भएको छ,सबैले एक्दम तारिफ गर्नुभएको छ।यही नै हाम्रो सफलता हो।’
अभिनेता बिक्रम डि जोशीले दर्शक तथा चलचित्रकर्मीले आफ्नो फिल्म मन पराएकोमा खुशी ब्यक्त गरे।‘हेरे जति सबैले फिल्म मन परेको बताउछु भएको छ ।कतिपयले त पूरै फिल्म आफ्नो वास्तविक जिन्दगीसँग ठ्याक्कै मेल खाएको प्रतिक्रिया पनि दिनु भएको छ।उहाँहरुको कुराले म उत्साहीत छु ।’
एभरेष्ट सूर्य बोहरा निर्देशीत फिल्ममा बिक्रम डि जोशी,प्रियंका कार्की,दीपीका प्रसाईं,विल्सन बिक्रम राई,बिक्रान्त बस्नेत,निर्देशक बोहरा स्वयम्,सबिता गुरुङ,सनमकुमार बैराग,बिभिया श्रेष्ठ,जानकी पन्तमनोज केसी,ध्रुव दत्त,कुमुद पन्तलगायतले अभिनय गरेका छन्।
साउथ इन्डियन फिल्म आरआरको दवदवाका कारण हलमा कम शो पाए तापनि फिल्मले दर्शकको मन जितिरहेकाले निर्माण पक्ष उत्साहीत छ।सत्य घटनाहरुबाट प्रभावीत फिल्मको निर्मातामा बिक्रम डि जोशी र हिराल जोशी छन् कार्यकारी निर्मातामा सृजना जोशी महर्जन अनि सहनिर्मात्रीमा सबिता गुरुङ छिन्।
महारानी इन्टरटेन्मेन्ट युके र एभरेष्ट सूर्य बोहरा फिल्मस्सँगको सहकार्यमा बिरञ्जना इन्टरटेन्मेन्टको प्रस्तुति रहेको फिल्ममा डि क्रिएटिभ स्टुडियो,युके र काम्मा इन्टरटेन्मेन्ट,इन्डिया लाइन प्रोड्युसर छन्।निर्देशक बोहरा र बिक्रम डि जोशीको कथा,निर्देशक बोहरासहित अभिमन्यु निरवीको पटकथा÷सम्वाद रहेको फिल्म पुरुषोत्तम प्रधानले खिचेका हुन्।काठमाडौ,मुस्ताङ र युकेका बिभिन्न स्थानमा खिचिएको फिल्मलाई आरआर फिल्मस्ले बितरण गरेको हो।
प्रतिक्रिया