पत्रकार महासङ्घ स्थापना दिवस– सञ्चारकर्मीहरुको निःशुल्क मुटु जाँच

इनेप्लिज २०७८ चैत १७ गते २२:०० मा प्रकाशित


विराटनगर, १७ चैत।नेपाल पत्रकार महासङ्घको ६७ औं स्थापना दिवसको उपलक्ष्यमा आज यहाँ संचारकर्मीहरूको निःशुल्क मुटु जाँच शिविर आयोजना गरेको छ।

महासङ्घ मोरङद्वारा आयोजित न्यूरो हस्पिटल विराटनगरको सहयोगमा मोरङका ६० जना संचारकर्मीहरूको मुटुजाँच गरिएको छ।

सो अवसरमा सञ्चारकर्मीहरूको मुटु जाँच गर्नुको साथै चिकित्सकको सल्लाह अनुसार इसिजि र इको गरिएको थियो।

न्यूरो अस्पतालका वरिष्ठ मुटु रोग चिकित्सकहरु डा निकेशराज श्रेष्ठ,डा राजिव श्रेष्ठ,डा राजन कर्ण,डा साहिल अन्सारीले मुटु जाँच गर्नु भएको छ।

स्वास्थ्य शिविरमा मुटु स्वास्थ्य राख्ने सम्वन्धमा संचारकर्मीहरूमाझ सचेतनामुलक सुझाव दिएको छ।

मुटु स्वस्थ नभएसम्म जिन्दगी स्वस्थ्य र खुशी हुन नसक्ने भएकाले ३५ वर्षभन्दा माथि उमेरका मानिसले नियमित मुटुरोग विशेषज्ञसँग सल्लाह गर्न डा.श्रेष्ठले सुझाब दिनु भयो।

प्रत्येक दिन शारीरिक व्यायाम गर्नुका साथै मासुजन्य पदार्थ,तारेको,भुटेको ,कार्बाेहाईड्रेड धेरै भएको खानेकुराहरु न्यूनतम प्रयोगबाट मुटु रोगबाट बच्न सकिन्छ।

प्रतिक्रिया