विराटनगर,१७ चैत।मोरङ व्यापार सङ्घले स्वदेशी उत्पादन प्रवद्र्धन गर्न ‘मोरङ व्यापार सङ्घ ट्रेड एक्स्पो’–२०२२ चैत १८ गते (भोलि) देखि २६ गतेसम्म सञ्चालन हुने भएको छ।
सङ्घद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा एक्स्पोमा नेपालका पहाडी जिल्लाका कृषि उत्पादन ,घरेलु,साना,मझौला तथा ठूला उद्योगहरुद्वारा उत्पादित वस्तुका अतिरिक्त्त मुलुकको महत्व झल्किने कला संस्कृति,पर्यटन,शिक्षा,स्वास्थ्य, खजिन्य,कृषिजन्य तथा औद्योगिक उत्पादन,अटोमोवाइलको प्रर्दशनी एवं विक्रीका लागि राखिने छ।
छिमेकी राष्ट्र भारत, बंगलादेश, पाकिस्तानका उत्पादित बस्तुहरु लत्ताकपडा, खाद्यान्न,मेशिनरी औजार लगायतका औद्योगिक उत्पादन एक्स्पोमा रहने सङ्घका अध्यक्ष नविन रिजालले बताउनु भयो।वातानुकूलित र कुलर सहित सञ्चालन हुने एक्स्पोमा ४१६ वटा स्टल रहने एक्स्पोका संयोजक विकास कुमार बेगवानीले जानकारी दिनु भयो।
एक्स्पोमा वातानुकूलित ८०,कुलरसहितको ६०,साधारण १०६ र खाद्य पदार्थका २७० बटा स्टल रहने उहाँले जानकारी दिए।यस्तै एक्स्पोलाई थप आकर्षक बनाउन जिप लाइन,रिभर्स बन्जी,जिप साइकलिङ लगायतका साहसिक खेलकुद र सेल्फी जोन पनि रहनेछ।
आन्तरिक र बाह्य पर्यटक भित्र्याउने यस वर्ष मेलामा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त सम्पदाका नमुनाहरु (लण्डन व्रिज,बुर्ज खलिफा,बुर्ज अल अरब, सेन्ट वेसिल आदी)मुख्य आकर्षण रहने संयोजक बेगवानीले बताउनु भयो।एक्स्पो अवधिभर ख्यातिप्राप्त राष्ट्रिय र स्थानिय कलाकारहरुबाट सांगीतिक कार्यक्रमहरु दर्शकहरुलाई प्रदर्शन गरिने छ।
एक्स्पो अवधिभर रु ४० करोडको आर्थिक कारोबार गर्ने लक्ष्य राखेको सङ्घका अध्यक्ष रिजालले बताउनु भयो।एक्स्पोमा स्वदेशी र भारतीय सहित तीन लाख दर्शकहरुले अवलोकन गर्ने विश्वास आयोजकले गरेको छ।
प्रतिक्रिया