नायक पल शाह र नायिका एलिजा गौतमले अभिनय गरेको ‘दिन्थे मुटु झिकी’ बोलको गित सार्वजनिक

इनेप्लिज २०७८ चैत १७ गते १०:२३ मा प्रकाशित

नायक पल शाह र नायिका एलिजा गौतमले अभिनय गरेको म्युजिक भिडियो सार्वजनिक भएको छ।सार्वजनिक ‘दिन्थे मुटु झिकी’ बोलको गितमा पवन ओलीको शब्द तथा संगीत सुन्न सकिन्छ।

स्वर निसान भट्टराई र बिष्णु माझीको रहेको छ।गायक तथा संगीतकार ओलीले यसअघि खोलिमा पनि,बुटुवल बसपार्क परदेशको बास लगायतका गीतहरु बजारमा ल्याइसकेका छन्।सार्वजनिक गीतलाई आशिस अविरलले एरेन्ज गरेका हुन्।

शिब बिकले निर्देशन र कोरियोग्रफ़ि गरेको गीतलाई अर्जुन तिवारीले खिचेका हुन्।म्युजिक भिडियोमा सुरेश काफ्लेको ड्रोन,बिमला तामांगको मेकप,मिलन बिस्वकर्माको सम्पादन र पदम सुबेदीको ग्राफिक्स देख्न सकिन्छ।पवन ओली अफिसियलबाट सार्वजनिक गीत यतिबेला युट्युबको ट्रेण्डिङ्गमा समेत पर्न सफल छ ।

 

प्रतिक्रिया