“केशरी” हिट पछि गायीका पुनको नयाँ कौडा गीत बजारमा

इनेप्लिज २०७८ चैत १७ गते १०:१६ मा प्रकाशित

काठमाडौँ।चलचित्र कबड्डी ४ को “केशरी” बोलको कभर गीतपछि चर्चामा रहेकि गायिका रेश्मा पुन मगरको नयाँ गीत सार्वजनिक भएको छ।

हालै सार्वजनिक गायिका पुनको नयाँ गीत गुरुङ मगर समुदायमा प्रचलित कौडा गीत हो।गीतको बोल “शिरको फुल” रहेको छ।गीत सार्वजनिक भएसंगै सकारात्मक प्रतिक्रियाहरु पाएको रेश्मा बताउछिन्।श्रोता तथा दर्शकको मायाले आफुलाई हौसला मिलेको उनको भनाई छ।

गीतमा रेश्मा पुनको स्वर रहेको छ भने लेखु सहयात्रीले शब्द कोरोका छन्।उक्त गितमा करणराज कार्कीको संगीत रहेको छ।मौसम हिमालीको कोरियोग्राफि एंव निर्देशन रहेको गीतमा पुष्प खड्का र रेश्मा पुन मगरलाई फिचर्ड गरिएको छ।

यसअघि पनि रेश्माका केशरी बोलको कभर गीत लगायत,मलाई घाम जुन नि चाहिदैंन्,म त पानी बादलु लगायतका थुप्रै गीतहरु चर्चामा छन्।

प्रतिक्रिया