राष्ट्रव्यापी खुल्ला आधुनिक गीत प्रतियोगितामा पोखराकी गुरुङ तृतीया

इनेप्लिज २०७८ चैत १७ गते ९:५८ मा प्रकाशित

काठमाडौँ।राष्ट्रव्यापी खुल्ला आधुनिक गीत प्रतियोगितामा पोखराकी ममता गुरुङ तृतीया भएकी छन्।

रेडियो नेपालको ७२ औँ वार्षिक उत्सवको अवसरमा आयोजित उक्त प्रयोगितामा भोजपुरका राजकुमार सुन्दास प्रथम,लक्ष्मी बि.क. र शन्देस पौड्याल द्धितिया भएका छन् ।

तृतीया स्थानमा आएकी गुरुङ यस अघि पनि थुप्रै प्रतियोगितामा सहभागी भैसकेकी छन्।देश विदेशमा आयोजना हुने विभिन्न कार्यक्रमहरुमा समेत उनले आफ्नो प्रस्तुती दिदै आएकी छन्।पछिल्लो समय उनका थुप्रै चर्चित गीतहरुले दर्शक श्रोताको अपार माया पाइसकेका छन्।

उनी देशकै ठूलो रियालीटी शो नेपाल आइडलमा समेत सहभागी भएकी थिइन् । गायीका गुरुङलाई आगामी सांगीतिक यात्राको शुभकामना।

प्रतिक्रिया