जेलेन्स्कीले भने रुससँगको वार्ता “केवल शब्दहरू” मात्र हुन्

इनेप्लिज २०७८ चैत १६ गते २३:४० मा प्रकाशित

रूससँग वार्ता जारी छ तर ती “शब्दहरू मात्र” हुन्, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बुधबार राति सामाजिक सञ्जाल फेसबुक (अनुहार किताव)मा प्रकाशित गरिएको अङ्कियदृश्य (भिडियो )सन्देशमा उनले भने।

“हो हामीसँग वार्ता प्रक्रिया छ तर ती शब्दहरू मात्र हुन्,” जेलेन्स्कीले भने। उनले बिना ठोसको वार्ता भनि रुसलाई आरोप लगाए भनि सिएनएनले समाचार लेखेको छ ।

कीभ र चेर्निहिभबाट रुसी सेनाहरु फिर्ता भएको होइन तर युक्रेनी सेनाको कामको परिणाम हो ,जेलेन्स्कीले थपे ।

उनले युक्रेनीहरू “यसका लागि तयार छन्” भन्दै रुसी सेनाहरू डोनबास क्षेत्रमा नयाँ आक्रमणका लागि केन्द्रित रहेको बताए।

“हामी केही पनि दिनेछैनौं र हामी हाम्रो जमिनको प्रत्येक मिटरको लागि लड्नेछौं।”

उनले युक्रेनी सशस्त्र बलको कार्यसम्पादनको आलोचना नगर्न जनतालाई आग्रह गर्दै भने, “यदि कसैले हाम्रो सेनालाई कसरी लड्ने र कसरी शत्रुसँग सामना गर्ने भनेर सिकाउन सक्ने भन्ने सोच्दछ युद्ध मैदानमा जान आग्रह गरे ।

उनले अगाडी भने घरको पलंग वा सुरक्षित ठाउँमा लुकेर होइन ,वास्तविक युद्ध मैदानमा लड्ने आफ्नो क्षमता देखाउनुहोस्, आफै युद्धभूमिमा जानुहोस्। यदि तपाईहरु त्यसो गर्न तयार हुनुहुन्न भने, हाम्रा रक्षा रक्षकहरूलाई उनीहरूको काम कसरी गर्ने भनेर सिकाउन सुरु नगर्नु होस्।

युक्रेनका राष्ट्रपतिले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग एक घण्टा लामो दूरवार्ता गरेको र युक्रेनका लागि थप ५० करोड डलर सहयोगका लागि धन्यवाद दिएको बताए ।

प्रतिक्रिया