अमेरिकी अधिकारीहरूका अनुसार रूसी सेनाले युक्रेनमा धेरै दिशाबाट अगाडी बढ्ने प्रयास जारी राखेका छन्, जबकि राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको नेतृत्वमा युक्रेनीहरूले “कडा प्रतिरोध” गरिरहेका छन ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले “विशेष सैन्य अभियान” घोषणा गरे पछि आक्रमण फेब्रुअरी २४ बाट सुरु भएको हो ।
एक महिना भन्दा ज्यादा समय देखि रुसले युक्रेनको राजधानी कीभ साथै खार्किभ र मेरिउपोल जस्ता अन्य प्रमुख शहरहरूमा भारी गोलाबारी ,क्षेप्यास्त्र प्रहार र अत्यधिक नागरिक भवनहरू आक्रमण जारी राखेका छन् ।
अमेरिकी गुप्तचर अधिकारीहरुले पुटिनलाई युद्धको बारेमा सत्य सूचना नभई गलत सूचना दिई रहेको बताएका छन् । पुटिनका सल्लाहकारहरू ‘पुटिनलाई सत्य भन्न धेरै डराउँछन्’ भनि एबिसीन्युजले समाचार लेखेको छ ।
प्रतिक्रिया