युक्रेनसंगको वार्ता ” सफलता हुन् सकेन ” रुसी प्रवक्ता

इनेप्लिज २०७८ चैत १६ गते ११:३१ मा प्रकाशित

युक्रेनसंगको वार्ता सफल हुन् नसकेको रुसी प्रवक्ताले बताएका छन् ।

क्रेमलिनका प्रवक्ता डिमिट्री पेस्कोभले बुधवार इस्तानबुलमा रुस-युक्रेन भौतिक रुपमा उपस्थित भै गरिएको वार्तामा कुनै सफलता नमिलेको तर युक्रेनको लिखित मागलाई उनले स्वागत गरे भनि सिएनएनले समाचार लेखेको छ ।

“यो सकारात्मक छ कि युक्रेनी पक्षले कम्तिमा ठोस रूपमा तयार गर्न थालेको छ र आफूले प्रस्ताव गरेको कुरा कागजमा राखेको छ,” पेस्कोभले नियमित पत्रकार सम्मेलनमा पत्रकारहरूलाई भने।

“अझै काम बाकि छन् ,हामी अझै केही आशावादी छौ,वार्ता सफलता हुन् सकेन र अहिले केही भन्न सक्दैनौं। अगाडि धेरै काम छ,’ उनले थपे।

रुसी प्रतिनिधिमण्डलका प्रमुख भ्लादिमिर मेडिन्स्कीले मंगलबार इस्तानबुलमा भएको द्विपक्षीय वार्ताको नतिजा बारेमा बुधबार पछि अध्यावधिक गरिने पेस्कोभले बताए ।

प्रतिक्रिया