४० लाखभन्दा बढी शरणार्थी युक्रेनबाट भागे : संयुक्त राष्ट्रसंघ

इनेप्लिज २०७८ चैत १६ गते ११:११ मा प्रकाशित

संयुक्त राष्ट्रसंघका अनुसार ४० लाखभन्दा बढी शरणार्थी युक्रेनबाट भागेका छन ।

फेब्रुअरीको अन्त्यमा रुसी आक्रमण सुरु भएदेखि ४ मिलियन अर्थात् ४० लाख भन्दा बढी मानिसहरू, वा युक्रेनको युद्धपूर्व जनसंख्याको लगभग १० % आफ्नो देशबाट भागेका छन्, शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त (युएनएचसिआर) फिलिपो ग्रान्डीले बुधबार भने।

“म भर्खरै युक्रेन आइपुगेको छु। लुभ्युमा म अधिकारीहरू, संयुक्त राष्ट्र र अन्य साझेदारहरूसँग यस मूर्खतापूर्ण युद्धबाट प्रभावित र विस्थापित मानिसहरूलाई हाम्रो सहयोग बढाउने तरिकाहरूबारे छलफल गर्नेछु,” ग्रान्डीले बुधबार सामाजिक संजाल ट्वीट मार्फत जानकारी गराए ।

युक्रेनको युद्धबाट भागेका शरणार्थीहरूमा कम्तिमा २०३,००० तेस्रो देशका नागरिकहरू समावेश छन्, आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन (आइओएम ) ले मंगलबार जनाएको छ।

युक्रेनी शरणार्थीहरू मध्ये २.३ मिलियन भन्दा बढी पोल्याण्ड भागेका छन्, जबकि लाखौ मानिसहरु रोमानिया, मोल्डोभा र हंगेरी लगायत छिमेकी देशहरूमा भागेका छन ।

ग्रान्डीले पहिले युक्रेनबाट शरणार्थीहरूको पलायन “दोस्रो विश्वयुद्ध पछि युरोपमा सबैभन्दा छिटो बढ्दो शरणार्थी संकट” भनेका थिए।

प्रतिक्रिया