युक्रेनमा रुसी आक्रमण जारी रहदा चीन र रुसका विदेश मन्त्रि बीच चीनमा भेटघाट भएको छ । उनीहरुले चिनको टन्सीमा भेटघाट गरेका छन् ।
रुसी विदेशमन्त्री सर्गेई लाभरोभ र चिनियाँ विदेशमन्त्री वाङ यीबीच बुधबार चीनको टन्सीमा भेटवार्ता भएको रुसी विदेश मन्त्रालयले जारी गरेको तस्विरमा उल्लेख छ ।
तस्बिरमा दुई जना मुखावरण (मास्क) लगाएर एक अर्कालाई कुहिनो ठक्कर दिएर अभिवादन गरिरहेको देखिन्छ भनि सिएनएनले उल्लेख गरेको छ ।
रुसी सरकारी संचार माध्यम टिएएसएसका अनुसार चीन र रुस सम्बन्धले वर्षको सुरुदेखि नै अन्तर्राष्ट्रिय परिस्थितिमा आएको परिवर्तनले नयाँ परीक्षणको सामना गरेको छ र ठोस विकासको प्रवृत्ति देखाएको छ, चिनियाँ विदेशमन्त्री वाङ यीले बुधबार आफ्ना रुसी समकक्षी सर्गेई लाभरोभसँगको भेटमा भने।
“यस वर्षको सुरुदेखि नै, चीन-रुस सम्बन्धले अन्तर्राष्ट्रिय परिस्थितिमा परिवर्तनहरूद्वारा नयाँ परीक्षाहरू सामना गरेको छ, सही दिशा कायम गरेको छ र ठोस विकासको प्रवृत्ति देखाएको छ,” उनले भने।
“दुई पक्षको द्विपक्षीय सम्बन्धको विकास गर्ने इच्छा अझ बलियो भएको छ, विभिन्न दिशामा सहयोग प्रवर्द्धन गर्ने विश्वास पनि बढेको छ,” वाङ यीले औंल्याए।
“चिनियाँ पक्षले यसलाई ठूलो महत्त्व दिन्छ,” मन्त्रीले जोड दिए।
प्रतिक्रिया