काठमाडौँ।नेपालका चर्चित उपन्यासका नामबाट गीत तयार भएको छ।सधै फरक काम रुचाउन गीतकार डा.डिआर उपाध्यायले आफ्नो पछिल्लो गीत ‘रुप अनेक’ नेपालमा चर्चित उपन्यासका नामबाट तयार गरेका हुन्।गीत रोमान्टिक शैलीमा तयार गरिएको छ।
स्वर तथा संगीत सागर अधिकारी ‘सरद’को रहेको गीतको एरेन्ज देबेन्द्र नेवाले गरेका हुन्।गीतको आकर्षक म्युजिक भिडियो समेत बनेको छ।जसमा प्रतिमा बिष्टसँग गीतकार उपाध्ययले नै रोमान्स गरेका छन्।
उमेरले जवानी पार गरिसकेका गीतकार उपाध्यय पछिल्लो समय लगातार रोमान्टिक गीतमा युवतीसँग देखिदै आएका छन्।
माइकल स्टेपको निर्देशन रहेको भिडियो मोडलिङमा कलाकारले १५० ड्रेस प्रयोग गरेका छन्।सम्भवत यति धेरै पहिरन प्रयोग गरेर म्युजिक भिडियो बनेको यो नै नेपालमा पहिलो हो।
केही अलग काम गर्ने सोचले उपन्यासको नामबाट गीत र भिडियोमा १५० ड्रेस प्रयोग गरिएको गीतकार डिआरले बताए।
गीतको भिडियोमा उत्सव दाहालको छायांकन र सिलन लम्सालको सम्पादन रहेको छ।
प्रतिक्रिया