रुस र युक्रेनसँगको वार्ता “प्रगती “मा गै रहेको रुसको दाबी : फ्रान्सेली सरकारी स्रोत

इनेप्लिज २०७८ चैत १५ गते २१:५४ मा प्रकाशित

फ्रान्सेली सरकारी स्रोतका अनुसार रुस र युक्रेनसँगको वार्ता “प्रगति ” मा गै रहेको रुसले दाबि गरेको छ ।

मङ्गलबार फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन र उनका रुसी समकक्षी भ्लादिमिर पुटिनबीचको एक घण्टा लामो वार्तापछि रुसी वार्ताकारहरूले युक्रेनसँगको वार्ता “अग्रगति” मा बढेको दाबी गरेका छन्।

स्रोतले ती प्रगतिहरू के हुन् भनेर व्याख्या गरेन, तर म्याक्रोनले वार्तामा युक्रेनी परिप्रेक्ष्य प्राप्त गर्न “आगामी दिनहरूमा” युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्क्सीसँग कुरा गर्नेछ भनि सिएनएनले समाचार प्रकाशित गरेको छ ।

रुसी सेनाले घेरेको दक्षिणपूर्वी युक्रेनको शहर मेरिउपोलको मानवीय अवस्था “विपत्तिजनक” छ । र “नागरिकहरूको आवागमनमा अनुमति दिइएको छैन।”

पुटिनसँगको कुराकानीको क्रममा म्याक्रोनले नयाँ युद्धविरामको माग राखे । उनको मागमा नागरिकहरूलाई मेरिउपोलबाट “जुन जुन दिशामा जान मनपर्छ” उतै छोड्न अनुमति दिन आग्रह समेत गरे ।

लगभग १७०,००० नागरिकहरू मेरीउपोलमा फसेका छन । मेरीउपोलमा “मानवीय पहुँचको ठूलो समस्या” छ । रूसी ग्यासको भुक्तानी रुबलमा गर्न युरोपेली देशहरूको मागलाई म्याक्रोनले पुटिनसंग कुरा गर्दा उक्त माग सम्भव नभएको म्याक्रोनले  बताएको ,स्रोतले भन्यो।

प्रतिक्रिया