सकरात्मक सोच

गोबिन्द राज ओझा (राजन) २०७८ चैत १५ गते २१:४८ मा प्रकाशित

मानिस जन्मिन्छ,हुर्कन्छ,प्रकृति सँग खेल्दै,रमाउँदै बिभिन्न चुनौतिहरुको सामना गरेर समय विताउछ।बिभिन्न समस्याहरु सँग जुघ्दै निरन्तर संर्घष गरिरहन्छ । यो जिवनले बिताएका पलहरुले बिभिन्न पाठहरु सिकाउँछ।मानिस सोच्ने र बिचार गर्ने क्षमता बढि हुन्छ।मानिस सोच्न सक्ने प्राणी हो।यसले केही गर्नुपूर्व सोच्दछ सकारात्मक सोचको समग्रता हो, यही नै कल्याणकारी सोच हो।हामिले यो जगतमा रहदाँ बिभिन्न किसमका सोचहरु बनाउछौ।हाम्रा सोचहरु सधै सकारात्मक हुनुपर्छ।हामिले जगतको भलाई तथा देश समाज आदि भलो गर्ने सोचहरु राख्नुपर्छ।सकारात्मक सोचले हामिलाई महान बनाउँछ।अरुको मन जिति कार्य गर्नुपर्छ।सकारात्मक सोचका साथ जिवन यात्रा गर्ने मानिसको जिवनमा कठिन मोडमा पनि खुसि हुन्छ । क्षणिक रुपमा दु:ख भोग्न पनि सकारात्मक सोचले मानिसलाई एक दिन लक्ष्यमा पुर्याउछ।नकरात्मक सोचले मानिसलाइ दु:खि बनाउछ।जस्तो सुकै कठिन परिष्थितिमा पनि सकारात्मक सोच लिई हासि खुसि बाच्ने मानिस खुसि हुन्छ।

हामी सकारात्मक सोचले भरिन सक्यौं भने नकारात्मक सोचले ठाउँ लिन सक्दैन । सकारात्मक प्रशंसा गर्ने बानी भयो भने हाम्रो सोचाइ सकारात्मक हुन्छ । हाम्रो सकारात्मक सोच दृष्टिकोणले समाजलाई सकारात्मक प्रभाव पार्छ । साथि भाईहरु सँग मिठो कुरा गरि बसेमा मन खुसि हुन्छ । सकारात्मक कुराले शरिरमा तरङ्ग पैदा हुन्छ।साथि भाईहरुको उन्नति प्रगतिमा खुसि हुने मन,सधै सबैको भलो सोच्नुपर्छ । खुसि कुनै बजारमा बेच्न राखिएको चिज होईन । यसको सम्बन्ध हाम्रो मन सँग हुन्छ।तब मानिस खुसि हुन्छ।जव उस्ले माया, प्रेम,स्नेह, इज्जत सबै कुरा बचाएर राख्छ।सम्मान जनक र ईज्जतदार जिन्दगि जिउनुको मज्जा बेग्लै हुन्छ।जीवनमा संघर्ष जति बढी हुन्छ, त्यति धेरै सिकाई पनि हुँदो रहेछ । मैले त्यस वखत जीन्दगीमा धेरै कुरा सिक्ने अवसर पाए।जीन्दगीका यी संघर्षका अनुभवले धेरै कुरा सिक्ने मौका मिल्दै जान्छ।धेरै मानिसलाई चिन्ने अवसर पनि मिल्छ । जीन्दगीको एउटा भिन्न अनुभव थियो,त्यो जसले मलाई संघर्ष गर्न सिकायो ।समय बलवान छ,मान्छेहरु समयभन्दा बलवान त हुनै सक्दैनन्।कुनै पनि चिजको समय नआएर केही पनि नहुने रहेछ।समय सँगै जिन्दगिका अनुभवहरु फरक हुन सक्छन।हरेक कुराहरु सकारात्मक रुपमा लिनुपर्छ, यसबाट अझैँ संघर्ष गरि मनबाट सोचेर अघि बढन सिकाउछ । मानिसका आफ्ना कथा व्यथा होलान बिभिन्न सोचहरु मनमा होलान।जिवन सहज रुपले चलाउन मनबाट सोच पैदा होलान।समाजलाई परिवर्तन गर्ने सोचहरु होलान।समाजमा सकारात्मक प्रभाव पार्ने जनचेतनामुलक कार्यहरु गर्नुपर्छ।मान्छेले आत्तिनु हुँदैन कहिल्यै, जीन्दगी संघर्ष हो, स्वीकार्नै पर्छ, जीन्दगी चुनौती हो सामना गर्नैपर्छ।वर्तमानका महत्वपूर्ण र सान्दर्भिक कुराले मात्रै जीन्दगीमा अर्थ राख्छ।त्यसैले वर्तमान राम्रो बनाउनुस्, भविष्य त्यसै राम्रो बन्नेछ।थोपाथोपा मिली बग्छ खोला,सकारात्मक सोचौँ।जीवनमा सफल हुने क्षमता विकासका लागि सकारात्मक सोच महत्त्वपूर्ण कारक हो भन्न सकिन्छ । मानिसको मन आत्मा देखि खुसि बनाउने माध्यम तथा मस्तिष्कमा सकारात्मक सोचबाट वास्तविकतामा परिबर्तन गर्न सक्ने शक्ति हुन्छ।त्यसलाई सबैले स्विकार गर्नुपर्छ।अधिक आनन्द, खुसी र तुलनात्मक रूपमा राम्रो स्वास्थ्य हुन्छ । यसले तनावको स्तर कम गर्न मद्दत गर्दछ।प्रत्येक मानिसले आफुले चाहेका कुरा हासिल गर्न आफ्नो मनबाट सोच्छ मनबाट सोचेर काम गरेर सफल हुन्छ ।नकारात्मक सोच भएका व्यक्तिदेखि सिङ्गो समाज, राष्ट्र र विश्वलाई यसले प्रभाव पार्दो रहेछ । सकारात्मक सोचले जिवनलाई उज्यालो ,खुसि र सफल बनाउछ ।सकारात्मक सोच राख्नु मानिसको एक कला ह ।अरुको हितको बारेमा कार्य गर्दा मन देखि खुसि भएर गर्नुपर्छ । मनलाई खुसि बनाउन सकारात्मक सोच राख्न आवश्यक हुन्छ । मनलाई सकारात्मक सोच ल्याउन प्रशिक्षण दिने तथा नकारात्मक विचारहरु मन बाट हटाउनु पर्छ । नकरात्मक भावनालाई मनदेखि हटाएर आफ्नो मनमा भएको तनाव कम गर्नुपर्छ ।सोचकै कारण मानिस सकारात्मक हुन्छ । नकरात्मक सोचका कारण व्याक्ति व्याक्तिमा मनमुटाव,साथि भाईमा झै-झगडा,छर छिमेकि सँग झगडा,बिभिन्न किसिमका द्धन्द भएका छन । सामान्य झगडा देखि बिश्वयुद्ध सम्म नकरात्मक सोचका कारण भएका हुन । त्येसैले प्रत्येक मानिसहरुमा सकारात्मक सोच हुन जरुरी छ । सोच नकारात्मक भयो, अनावश्यक शङ्का गरियो भने त्यसले सिङ्गो परिस्थिति बिगार्छ । नामले मात्र कोही पनि महान् हुँदैनन् कामले महान् बन्नुपर्छ ।

शङ्का वा सोचाईका कारण मानिसको मनभित्र नकारात्मक सोच लाग्न सक्छ । नकारात्मक सोचाईको नकारात्मक परिमाण आउन सक्छ । दोषजति अर्काकै टाउकोमा खन्याईरहन सजिलो मानिएको घर परिवार, समाज, देश सबैतिर सकरात्मक सोचहरु आउनुपर्छ । मानिस यस्तो प्राणी हो जसको वास्तविक पहिचान उसको विचारबाट हुन्छ । मानिसको जस्तो सोच्दछ, ऊ त्यस्तै बन्दछ । त्यसैले असल मानिस हुन हरेक व्यक्तिले सकारात्मक सोच राख्नुपर्दछ । हरेक कुरालाई सकारात्मक नजरले हेर्नु नै सकारात्मक सोच हो । सफलताको मूल सूत्र नै सकारात्मक सोच हो । आफुले आफुलाई विश्वास गर्ने कुरा सकारात्मक सोच हुनु पहिलो आवश्यकता हो । आत्मविश्वास, सकारात्मक दृष्टिकोण र सकारात्मक मनोवृति नै तिनका कारणहरु हुन् जसले तपाईलाई र तपाईको परिवेशलाई सकारात्मक रुपमा परिवर्तन गर्न सक्छन् । जति अफ्ठ्यारो भए पनि त्यो विचमा आफु खुसी हुन सक्ने कारण पहिल्याउनु सकारात्मक सोच हो सकारात्मक मानसिक दृष्टिकोण भनेको तपाईको समस्याहरूलाई सकारात्मक रुपले बुझ्नु हो । मानिस सोचिरहन्छ । मर्ने बेला सम्म सोचिरहन्छ । सकरात्मक सोचले व्यक्तित्वमा व्याक्तित्व सुधारमा महत्वपुर्ण भुमिका खेल्दछ । राष्ट्र नेतृत्व तहहरुमा सकारात्मक सोच राख्नुपर्छ । राष्ट्र नेतृत्व तहहरुमा सकारात्मक सोच राख्नुपर्छ। जबसम्म सोच परिवर्तन गरिदैन, तबसम्म ब्यवहार अनि जीवन ,जगत परिवर्तन असम्भव नै रहन्छ। देशमा नेतृत्वमा पुगेका ब्याक्तिमा सकारात्मक धारणा हुनुपर्छ । सकारात्मक सोचले राम्रो परिमाण ल्याउछ । घर परिवार,समाज सबै ठाउँहरुमा सकारात्मक सोचको विकास गर्नुहोस यसले जिवन र जगतलाई सुन्दर बनाउँछ । राम्रो सोचाइ राखेमा व्यक्ति, समाज र मुलुक विकास हुन्छ भन्ने बुझाई मानिसहरूमा रहेको छ।जो कोहि सँग असल व्यवहार गर्नुपर्छ । जिम्मेवारि सम्झेर सोच, विचार, योजना र कार्यको सम्बन्धमा आशावादि र सकारात्मकता वादलाई प्रमुख हतियारको रूपमा प्रयोग गर्दछ । सकारात्मक सोच बनाउनका लागि सधै अभ्यास गर्नुपर्छ । जीवनमा सबै कर्म र जिम्मेवारी चाहे अनुरूप नहुन सक्छन् तर त्यसलाई सही देख्ने र स्वीकार गर्न सक्ने क्षमता सकारात्मक सोचले विकास गर्छ । मन मस्तिक बाट सकारात्मक बाटोमा हिडनुपर्छ । हाम्रो समाजमा नकारात्मक कुराहरु, गुनासाहरु, असन्तुष्ठि र निराशाले बनेको नकारात्मक सोचलाइ सकारात्मक सोचमा बदल्नुपर्छ । आज बाट सुरु गरौ । आफै बाट सुरु गरौ । सकारात्मक सोचको सुरुवात गरौ । सकारात्मक सोच हाम्रो समाज र हाम्रो जिवनको अभिन्न अंग हो । आफ्नो जिन्दगि र आफुले गरेका सकारात्मक कार्यको मुल्याङकन गरौ । सकारात्मक सोचले जिन्दगि परिवर्तन गर्न सक्छ । सकारात्मक सोच बनाउन बौद्धिक कितावहरु पढाउने र पढ्ने गर्नुपर्छ । ब्यक्तिको सोचाईले उस्को जिवन स्तर निर्धारण गर्दछ । सकारात्मक सोचाईले कर्म आचरणमा सुधार ल्याउनुका साथै ज्ञानी बनाईदिन्छ ,सकारात्मक सोचाईले प्रगति, उन्नति र विकासको नतिजा ल्याउछ । यो जगतमा सकारात्मक सोचको धेरै ठुलो महत्व छ । हामिहरुले आफ्ना समस्याको समाधान सकारात्मक तरिकाले गर्नुपर्छ । हरेक ब्याक्तिको मनोभावना र शैलि सकारात्मक हुनुपर्दछ । जबसम्म हामीले आफ्नो सोच र दृष्टिकोणमा परिवर्तन गर्दैर्नौ । सबैको सोच सकारात्मक हुन आवश्यक छ । डाकु रत्नाकरले जब नारदबाट प्रेरणा पाए तब नकारात्मक बाटो छोडेर भक्ति मार्गका लागि रामायण लेखेर बाल्मिकीको नामबाट प्रख्यात भए । सकारात्मक सोच र बिचारले जन्माएका धारणाहरु मर्दैनन । बुद्ध, पुरुष,महापुरुषहरु मरेपनि उनीहरुको दृष्टिकोण अझै जीवितै छन् । व्यक्तिको मानसपटलमा आएका विचार जे जस्ता भए पनि सकारात्मक हुनु जरुरी छ । संसार भरको जिवको अस्तित्व कायम राख्न पनि हाम्रो सोच राम्रो हुनुपर्छ । यदि सकारात्मक सोच राखेर कार्य गरेन भने त्यो सफल हुन सक्दैन । प्रशंसा भनेको अरुको राम्रो कामको वारेमा गरिने चर्चा हो । कसैको प्रशंसाले कसैलाई राम्रो कार्य गर्न प्रेरित गर्दछ । कसैको कार्यको नकरात्मक सुन्न चाहादैन आलोचना मात्र राम्रो सन्देश जादैन । माया प्रेमलाई खुलेर व्यक्त गरिने चिज प्रशंसा हो । यो व्यबहार मलाई ठिक छैन भन्नेले अरुलाई नराम्रो व्यबहार गर्नुहुदैन । दिमागमा सकारात्मक सोच भएन भने नकारात्मक सोचले आफ्नो ठाउँ बनाईदिन्छ । असल सँगतले मानिसले असल मान्छे बन्न सिक्छ । जिवन परिवर्तनको लागि सहि र सकरात्मक सोच हुन आवश्यक छ । नकरात्मक सोच त्यागेर सकारात्मक सोच कसरि बढाउने भनेर हामिले बिचार गर्नुपर्छ । सकारात्मक बन्न हामिले सधै नेगेटिभ सोचको सधै आलोचना गर्नु पर्दछ । अरूको कुरा नकाट्ने, अरूको कुरा सुन्ने, अरूले मन पराउने कुरा बोल्ने, मुसुक्क हाँसेर बोल्ने, मिठास शब्द प्रयोग गर्ने, अरूको नाम लिएर प्रशंसा गर्ने, अरूलाई मान दिने व्यक्ति धेरैका सामु लोकप्रिय हुन सक्छ । नकारात्मक सोचाईले लुटपात, ठगी, अपराध गर्न सक्छ ।मानिसले दिमागमा जे सोच्छन त्यहि हुन्छ कि भनेर डराउछन । सबैको भलो होस्, सबैको राम्रो होस्, जताततै राम्रो देख्न पाइयोस् भन्ने सकारात्मक भावना राख्ने हो भने त्यही नै देख्न पाइन्छ । अति सुन्दर मानव जीवन यो, अझै सुन्दर पार्नु कसो गरी हो निरन्तर सत्कर्ममा प्रेरित गरिरहन्छ सकारात्मक प्रश्न गरौँ, सकारात्मक उत्तर पाऔँ, सकारात्मक जिज्ञासा राखौँ, सकारात्मक समाधान पाऔँ, सकारात्मक सोचौँ, सकारात्मक गरौँ, सकारात्मक परिणाम प्राप्त गरौँ, मनले बिचार गर्न सक्छ । सकारात्मक विचार र नकरात्मक विचार । यो संसारमा घटनाहरु घट्छन ति सकारात्मक र नकरात्मक हुन सक्छन । यो जिन्दगिमा सकारात्मक सोचले गहिरो असर पार्छ । सकारात्मक सोचको पनि आफ्नो सिमा हुन सक्छ । सकारात्मक सोचले अनावश्यक तनाव बाट मुक्ति पाउछ । सकारात्मक सोच भित्र सत्यता हुन्छ । सकारात्मक सोचका साथ अगाडी बढ्न सके व्यक्तिगत जीवन त सुन्दर हुन्छ । युवाहरुको सोचले देशलाई असर पारि राखेको हुन्छ । त्यसैले देशमा युवाहरुको बारेमा राज्यले सोच्नुपर्छ । युवाहरुमा सकरात्मक भावना हुनुपर्छ । हामिले व्यापार व्यवसायमा लगानि गरेर अगाडि बढेझै सकरात्मक सोचमा लगानि गरि मन मस्तिकलाई सहि सोच लिएर आचरण व्यवहारमा सुधार, र सहयोगी भावनालाई हामिले अगाल्नुपर्छ । मन विचार बाट असल बाटोमा लाग्नुपर्छ । सबै ज्ञानी र राम्रा हुन्छन् वा हुनुपर्छ भनेर सकारात्मक सोच राख्नु पर्दछ । कुनै पनि कार्य गर्नु भन्दा पहिले सोच्नुपर्छ । सोचेर मात्र पुग्दैन कार्यान्वयन गर्नुपर्छ । जब कार्यान्वयन हुन्छ प्रतिफल हासिल हुन्छ । सकारात्मक सोच नै जिवनको सारथि हो । सकारात्मक सोचले मानिसलाई खोजि गर्ने अवधारणाको विकास गर्छ । हामिले सफल हुनका लागि मिहिनेत गर्नुपर्छ । नैतिक आदर्शवान बन्न बनाउन मानिस भएर जन्मेपछि सकारात्मक सोच हुनुपर्छ । यसले आत्मविश्वास बढ्छ । आफ्नो देशमा केहि गरौ भन्ने सोच राख्नुपर्छ । आशा विश्वास र आत्मबल बढाउन सकरात्मक सोच हुनुपर्छ । सकरात्मक सोच भनेको आम मानिसको मानसिकता र सोचमा जग बसाल्ने माध्यम हो । सकारात्मक सोचको जग बलियो भएमा मात्र ठुलो र सफल बन्न सक्छ । हामिले एक आपसमा सकारात्मक कुराहरु तरिकाले समस्याहरु समाधान गर्नुपर्छ । मानवको मनमा चिन्तन विचार र अठोटको विकास गरि सहि सोचका साथ हामि अगाडि बढनुपर्छ । हाम्रा जिवनका हरेक कर्महरु सकारात्मक हुनुपर्छ । पुर्खाहरुको सकरात्मक सोचका कारण आज विश्व सामु शिर ठाडो पारि बाच्न सफल भएका छौ । हामिले गर्ने कर्म नै हाम्रो असल योगदान हो । पुर्खाहरुको विरता ,सुरता ,त्याग,समर्पण,कर्तव्य निष्ठता र माटो प्रति निष्ठा हाम्रा विर पुर्खाहरुको सकारात्मक सोचको प्रतिफल हो । विश्वासको बाटोमा सधै अगाडि बढन , कर्तव्य पथमा लाग्न जिवनको सकारात्मक पक्ष हो । जीवनका हरेक उतारचढावको सामना कसरी गर्ने भन्ने सिकाउँछ । असल सोचे असल, खराब सोचे खराब, रोगी सोचे रोगी, निरोगी सोचे निरोगी, स्वस्थ सोचे स्वस्थ, कमजोर सोच राखे कमजोरी । जो आफूलाई कमजोर सोचेर केही नगरी बस्दछ भने उ कमजोर भएर नै जान्छ । जिन्दगि खुसि छ खुसिको पछाडि दु:ख आउछ । हरेक पलहरुमा सकारात्मक सोच राख्न सक्नु जिवनको मुल मन्त्र हो । यसबाट सोचका साथै मन पनि खुसि भएर आउछ । हर मुस्किलको घडिमा पनि सकारात्मक सोच राखि कार्य गर्नुपर्छ । हाम्रो मन मष्तिक बाट सकरात्मक सोच राख्नुपर्छ । जब हाम्रो मन खुसि हुन्छ तब जिन्दगि पनि खुसि हुन्छ । तर्क बितर्क झगडा आदिबाट नकरात्मक सोच हुन जान्छ । हामिले जिवनमा स्वाभिमानी हुनुपर्छ । हामिले सोच्नु , बिचार गर्नु तथा व्यक्त गर्न सकिन्छ । सकारात्मक सोचले सकरात्मक छबि बनाउछ । सकारात्मक सोच प्रेरणाको श्रोत बन्न सक्छ । हिम्मत नहारि केहि गर्न सकेमा मानिस मानिस बन्छ । हाम्रो सोच हामिले हेर्ने नजरमा भर पर्छ । मानिसले जति संघर्ष गर्छ त्यति नेगेटिभ बन्छ । जिवनलाई सकारात्मक ढंगले हर्न आवश्यक छ । नकरात्मक दृष्टिकोणले मानवलाई पतन बनाउछ । आफ्नो जिम्मेवारि सहि ढंगले हेर्दा सकारात्मक सोचको विकास हुन्छ । जिन्दगिको कठिन परिस्थितिमा खुसि साथ बस्न सकु आफ्नो भाग्य र आफुलाई दोष नदिउ । मानव सकारात्मक बन्न राम्रा गितहरु सुन्ने ,किताबहरु पढने गर्नुपर्छ । सकारात्मक सोचको दिल सँग गहिरो सम्बन्ध हुन्छ । बिभिन्न ठाउँमा नेतृत्वमा पुगेका मानिसहरुको खराब आचरण र व्यवहारले मानिसलाई राम्रो गर्दैन । सकारात्मक लक्ष्य राख्दा प्रतिफल सकारात्मक हुन्छ । हामिले गर्ने कल्पना जिन्दगिको महत्वपुर्ण बिषय हो । मानवले समयको बारेमा सोच्नुपर्छ । हामिले समय बर्वाद गर्छौ । खेर गएको समय बारे सोच्दैनौ । खेर गएको समय बारेमा सोच्ने मानिस भगवान बन्छ । हामिले सिकेको ज्ञान , सिप त्यतिबेला सम्म महत्वपुर्ण हुदैन जबसम्म ज्ञानलाई ब्यबहारमा ल्याउन सकिदैन । हामिले सोच बिचार गरेर कार्य गरौ । एउटा जिम्मेवार व्याक्तिको रुपमा आफुलाई चिनाउ । मानवले कहिले पनि हरेश खानु हुदैन । हिक्मत साथ अगाडि बढनुपर्छ । कठिन परिस्थितिलाई पनि सहज सोचेर सजिलै कठिनाईहरु पार गर्न सकिन्छ । मानिस सोच्ने क्षमता भएको प्राणि पनि हो । असल र सफल बन्नको लागि सकारात्मक दृष्टिकोण र निरन्तर अभ्यास गर्नुपर्छ । मानिसको बिचार बाट चरित्र निर्माण हुन्छ । आफ्नो जिबन बनाउनका लागि नकरात्मक भावनाले छुन दिनु हुदैन । जिवनमा सत्य कार्य गर्नुपर्छ । जगतमा सकारात्मक सोच फैलाउन ऋषिमुनिहरुले त्याग तपस्या गरी जगतलाई शिक्षा दिएका थिए । सकारात्मक सोच बाट सत्य तत्वको ज्ञान गरि मुक्तिको मार्ग खोज्नु पर्थ्यो । हामिले जिवनलाई गहिराई बाट हेर्नु पर्छ । बुद्दि ,क्षमता, योग्यताको आधारमा असल कार्य गर्नुपर्छ । सबैलाई आफ्नो कर्तव्य प्रति निष्ठाबान हुने ज्ञान हुनुपर्छ । जब मानबमा जिम्मेवारि ज्ञान र संस्कार मिल्छ तव मानवको बिकास हुन्छ । रामायण कालमा प्रभु श्री राम उच्च संस्कार र मर्यादापालक थिए भने राबण संस्कार बिहिन थियो । त्यस्तै महाभारत कालमा उच्च संस्कार ले भरिपुर्ण व्याक्ति अर्जुन थिए भने संस्कार बिहिन व्याक्ति दुर्योधन थिए ।

नकरात्मक सोचाईले मनलाइ थकाउछ , शरिर गलाउछ । त्यसैले स्वच्छ रहनको लागि सकारात्मक सोचको बिकास गर्नुपर्छ । मनमा नराम्रो बिचार आयो भने पनि त्यसलाई हटाएर सबै रिस,राग,चिन्ता छोडि सकरात्मक सोचको विकास गर्न सकिन्छ । हामिले सफल व्याक्तिहरुको जिवन कथा पढेर तनाव बाट आफुलाई मुक्त राखेर आफ्नो सोच जित्नका लागि सकरात्मक सोच बनाउनुपर्छ ।

गोबिन्द राज ओझा

[email protected]
दिपायल सिलगढी नगरपालिका वडा नं.२ दिपायल,डोटी,नेपाल

प्रतिक्रिया