युरोपेली देशहरूले रुसी कूटनीतिज्ञ र गुप्तचर अधिकारीहरूलाई निष्कासन गरेका छन् । युरोपका धेरै देशहरूले मंगलबार रूसी कूटनीतिज्ञहरूलाई आफ्नो देशबाट निष्कासन गरेको घोषणा गरेका छन् ।
नेदरल्याण्ड्सले रुसी कूटनीतिज्ञसँग संलग्न १७ जना रुसी गुप्तचर अधिकारीलाई देश निकाला गरेको नेदरल्याण्ड्सको विदेश मन्त्रालयले जनाएको छ ।
यो निर्णय डच गुप्तचर र सुरक्षा सेवाहरुको जानकारीको आधारमा रूसी अधिकारीहरुलाई राष्ट्रिय सुरक्षाको लागी खतराको रूपमा नामकरण गरिएको एक ट्वीटमा उल्लेख गरिएको छ ।
“यो कदम अन्य समान विचारधारा भएका देशहरूसँगको समन्वयमा लिइएको हो,” उक्त सामाजिक संजाल ट्वीटमा थप जनाईएको छ । रुसी विदेश मन्त्रालयले १७ कूटनीतिज्ञलाई निष्कासन गरेको पुष्टि गरेको रुसी सरकारी संचार माध्यम टिएएसएस ले जनाएको छ।
बेल्जियमले जासुसी र “प्रभावकारी गतिविधिमा संलग्न भएको पहिचान भएका २१ रुसी कूटनीतिज्ञहरूलाई निष्कासन गरिरहेको छ,” बेल्जियमका विदेश मामिला मन्त्री सोफी विल्म्सले भने।
विल्म्सक अनुसार ती कूटनीतिज्ञहरू रूसी दूतावास र वाणिज्य दूतावासका हुन्। आयरल्याण्ड र चेक रिपब्लिकले पनि संयुक्त कुल ५ रुसी कूटनीतिज्ञहरूलाई निष्कासन गरेको छ।
आयरल्यान्डले चा४ वरिष्ठ रुसी कूटनीतिक अधिकारीहरूलाई निष्कासन गरेको आयरल्याण्डका विदेशमन्त्री साइमन कोभेनीले एक विज्ञप्ति मार्फत जानकारी दियेअ छन् । कोभेनीका अनुसार उनको मन्त्रालयले रूसी राजदूतलाई उनीहरूको गतिविधि “कूटनीतिक व्यवहारको अन्तर्राष्ट्रिय मापदण्ड अनुसार” नभएको कारण कूटनीतिज्ञहरूलाई निष्कासन गर्ने सरकारको निर्णय बारे जानकारी गराएको थियो।
चेक गणतन्त्रममा प्रागको दूतावासमा एक रूसी कूटनीतिज्ञलाई “अस्वीकार्य व्यक्ति ” घोषित गरिएको थियो । आयरल्यान्ड र बेल्जियममा रहेका रुसी दूतावासहरूले यो कदमको निन्दा गरेका छन् ।
“यो स्वेच्छाचारी, आधारहीन निर्णय हो, जसले रुस विरुद्धको अवैध युरोपियन संघ प्रतिबन्धमा आयरल्याण्ड सहभागिताले पहिले नै बिग्रिएको रुसी-आयरल्याण्ड सम्बन्धलाई थप बिगार्न सक्छ,” आयरल्याण्डमा रहेको रुसी दूतावासले आफ्नो सामाजिक संजाल ट्विटर खातामा प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।
यसैबीच, बेल्जियममा रहेको रुसी दूतावासले पनि एक विज्ञप्तिमा यो कदमलाई “रूसी-बेल्जियम सम्बन्धमा गम्भीर धक्का [जुन] दुई देशबीचको अन्तरक्रियाको लामो इतिहासको विरुद्ध जान्छ।”
“बेल्जियम पक्षबाट यो अमित्रतापूर्ण कार्य पक्कै पनि अनुत्तरित हुनेछैन,” विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया