विरोधाभासपूर्ण व्यवहार

-कोमल अधिकारी,टिकापुर,कैलाली २०७८ चैत १४ गते २३:०० मा प्रकाशित

जति नै बिरामी भएपनि आरामै छ? भन्दा ‘अँ’ भन्नुपर्छ।
सद्दे खुट्टा भएपनि पुग्ने ठाउँ अनुसार एउटा खोच्याउनु पर्छ।

महान् हो कि होइन थाहा पाउनु पर्दैन,
मिडियाले भने पछि हो भन्नु पर्छ,
नत्र हिजो किन आफैँले भोट हालेको वा नहालेको त ?
भनेर प्रश्न गर्छन्….
त्यसको जवाफ दिने झञ्झट गर्नुपर्छ।

पार्टी परिवर्तन गरेर गईसकेपछि जतिसुकै गल्ती गरेको किन नहोस्,
पहिलाकोले गिज्याउँछ भनेर ‘जे’ मा पनि ‘अँ’ भन्नुपर्छ।
आफ्नै अनुहार देखिने मुस्कुट्टे कालोलाई पनि
‘सेतो’ भन् भने आहा कति राम्रो सेतो भन्नु पर्छ।

अन्तर्राष्ट्रिय भू-राजनीति र ठेली पढेकाले नेपालमा अहिले यो-यो ठिक भनेर जे भनेपनि ठिक भन्नुपर्छ।
चाहे त्यसले आफैँले लेखेको कानून अनुसारको-
शिक्षा,स्वास्थ्य,रोजगारी,पारदर्शिता नदिएको वा नदेखाएको किन नहोस्,
रेमिट्यान्स पठाएरै मात्रै होइन,विदेशबाटै गज्जवको काम भइरहेको छ भन्न सक्नुपर्छ।

मुखमा ‘बसुधैव कुटुम्बकम्’को नारा घन्काउने नै भन्छन् रे मलाई या फलानोलाई जागिर लगाईदेऊ,
‘राम्रो’सँग मतलब छैन, ‘हाम्रो’ बनाईदेऊ।

न त ‘पारदर्शिता’को पारो बढेको छ,
न त भ्रष्टाचारको अङ्क घटेको छ,
के हेरेर भन्छन् विद्वानहरू???
देशले कोल्टे फेरेको छ!

प्रतिक्रिया