न्यायका लाागि पल शाह उच्च अदालत कास्की जाने

इनेप्लिज २०७८ चैत १४ गते २२:५५ मा प्रकाशित

काठमाडौं।नाबालिग गायिकालाई जबरजस्ती करणी गरेको अभियोग लागेका अभिनेता पल शाह तनहुँ जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत कास्की जाने भएका छन्।

तनहुँ अदालतले बिहीबार पललाई पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको थियो। पलका वकिलहरूले आजसम्म उच्च अदालत पोखरामा पुनरावेदनका लागि निवेदन दर्ता गर्ने तयारी गरेका छन्।

पललाई तारेखमा छाडेर अनुसन्धान गर्नुपर्ने माग गर्दै पलका वकिलहरूले उच्च अदालत जाने तयारी गरेका हुन्।पीडितको बयान बाझिएको विषयलाई आधार बनाएर पुनरावेदन गर्ने पलका वकिलहरूको भनाई छ।

जबरजस्ती गरेको भनिएका शाहसँगै नाबालिग गायिका शुक्लागण्डकी नगरपालिकास्थित ढोरबाराही मन्दिरमा पूजाअर्चनाका लागि गएको देखिएको अवस्थामा करणी भएको आधार मान्न अवस्था नसक्ने वकिलहरूको दाबी छ।

प्रतिक्रिया