गायनमा फर्किन्छु भन्दै वाचा गरेकी समिक्षाले ल्याइन् ‘हाँगाको फूल’

इनेप्लिज २०७८ चैत १४ गते २२:२३ मा प्रकाशित

काठमाडौँ।चर्चित गीत ‘कुरा काट्ने मान्छेले काटुन’का गायक सुभाष पुरीको प्रस्तुतीमा अर्को नयाँ गीत ‘हाँगाको फूलको भिडियो बजारमा आएको छ।

लोकप्रिय गायिका समिक्षा अधिकारीको आवाजमा रहेको ‘हाँगाको फूलले प्रेमका नाममा प्रेमीकालाई धोका दिने युवा जमातहरुको मार्मिक र यर्थाथ विषयलाई कलात्मक शैलीमा भिडियोमा देखाइएको छ।

प्रेमीलाई आफ्नै ठानेर मनको घडेरी दिएपनि समयसँगै प्रेमी फेरीएको र बिचबाटोमा नै धोका दिएको कथालाई निर्देशक बिक्रम चौहानले गज्जबसँग भिडियोमा प्रस्तुत गरेका छन्।भिडियोमा टिकटकबाट चर्चा कमाएकी सुन्दरी मोडल बिना राउत र बिक्रम बुढाथोकीको अभिनय देख्न सकिन्छ।

दिनेशराज पुरीको शब्द शृजनामा नबिन कार्कीको संगीत रहेको गीतको छायांकन प्रकाश खड्काले गरेका हुन् भने मिलन बिकले सम्पादन गरेका हुन्।

केही समय अघि मात्रै गायक सुभाष पुरी र गायिका समीक्षा अधिकारीको आवाजमा ‘बजाई देउ’ बोलको गीत बजारमा आएको थियो । जसको व्यापक चर्चा भएको थियो।

प्रतिक्रिया