‘तिमी सँग’ गीतमा ‘द भ्वाइस किड्स’ विजेता जेनिसको स्वर

इनेप्लिज २०७८ चैत १४ गते १०:०५ मा प्रकाशित

काठमाडौँ।‘द भ्वाइस किड्स’ विजेता जेनिस उप्रेतीको स्वर रहेको गीत ‘तिमी सँग’ सार्वजनिक भएको छ।कीर्तिमानी गीतकार डा.डीआर उपाध्यायको शब्द तथा बाबुल गिरीको संगीत रहेको गीतमा संगीत संयोजन पनि संगीतकार गिरीकै छ।

शास्त्रिय गीतको रुपमा प्रस्तुत यो गीत जेनिसले निकै राम्रो तरिकाले गाएका छन् ।गीतको भिडियो पनि स्टुडियोमै छायांकन भएको छ।भिडियोमा गायक जेनिस, गीतकार उपाध्याय लगायत देखिएका छन्।

गीत संगीत तथा साहित्य सिर्जनाबाट डा.उपाध्यायले थुप्रै विश्व रेकर्ड राख्न सफल उनले २५ एल्बमका सयौँ गीत सार्वजनिक गरिसकेका छन्।

यस्तै,उउनका‘बज्रघात’,‘त्यागी’,‘भाग्यचक्र’,‘अपवित्र छाया’,‘स्वार्थी’, ‘बिटुली’,‘अतिरिक्त’ लगायत करिब दुई दर्जन बढी उपन्यास आएका छन्। गीतकार डिआर छिट्टै १०८ विश्व रेकर्ड राख्ने तयारीमा छन्।

 

प्रतिक्रिया