माफ गर्नुस है कसैलाईनी,बधाई दिन मन छैन

नबिन बि.क २०७८ चैत १४ गते ०:१५ मा प्रकाशित

माफ गर्नुस है कसैलाईनी,बधाई दिन मन छैन
टिका लाएर पद पाएर, बधाई लिन मन छैन
जितेर नी नैतिकतामा ,मैले हारेको छु आज
सबको सामु मुख देखाउन, लाईराछ लाज

भालुको कम्पट झै भयो, नछोड्नु न समाउनु
कोटको खल्तीबाट चुनिदा, कसरी म रमाउनु?
राजनितिक पार्टीहरुलाई , संस्थागतनै छिरायौ
१९ बर्षे एनआरएनको साख, छिन भरमै गिरायौ

अध्यक्ष तिनजना , उपाधक्ष्य झन कति कति
सचिब महासचिबहरु, छन है डेढ दर्जन जति
चुनाब केहो बिधान के हो, सबले भुले आज
ङिच्च दाँत देखाई फोटो खिचे ,पचाएर लाज !

तर पनि धन्यबाद छ, मेरा प्यारा सहयोगी साथी
तपाईहरुलाई सधै राख्नेछु, भगवान भन्दा माथी
हजुरहरुकै साथ भरोसाले, आज मैले पद पाए
पार्टी होईन संस्थाप्रति, बफादारको कसम खाए !
पार्टी होईन संस्थाप्रति, बफादारको कसम खाए !!

नबिन बि.क
क्षेत्रिय उप-संयोजक, एशिया प्रशान्त क्षेत्र
गैर आवासिय नेपाली संघ

प्रतिक्रिया