NRNA लीला ! : रामप्रसाद खनाल

इनेप्लिज २०७८ चैत १३ गते २२:१३ मा प्रकाशित

नेता, दल र तिनका छल,देशमा चलिरहेकै थियो जात्रा

विदेशबाट नेपाल गएर थपेछौ साथी

NRNA को अर्को हाँडी गाउँको जात्रा

उता हुनेले काटेकै थिए नाक

यता हुनेले पनि काटेछौ नाक

आची गर्ने लाई भन्दा देख्ने लाई लाज

गर्ने होइन गर्नै पर्ने कुनै काम काज

एउटा संस्था, राजनीतिक गुट उपगुट

तीन अध्यक्ष बनाउन कसले दियो छुट ?

उपाध्यक्ष, महासचिव, सचिव कोषाध्यक्ष

भएछौ कति कति, बिग्रिएछ तिम्रो मति

के यस्तै हुन्छ NRNA को पनि गति ??

छाती मा हात राखेर भनन भएन र अति ??

यो गर्नु भन्दा फर्क देश, बोक तिनकै झोला

मङ्गल ग्रहमै पुगे पनि हामी, अहँ सुध्रिन्नौँ होला !!

– March 27, 2022,  हाल अमेरिका

प्रतिक्रिया