युक्रेनी वार्ताकारले रूस र युक्रेन बीचको अर्को चरणको वार्ता सोमबार टर्कीमा सुरु हुने बताएका छन् । युक्रेन र रुसबीचको अर्को चरणको वार्ता मार्च २८ देखि ३० सम्म टर्कीमा हुने युक्रेनी वार्ताकार डेभिड अरखामियाले सामाजिक संजाल अनुहार किताव (फेसबुक)मार्फत बताए
तर उनले सोमबारसम्म दुई प्रतिनिधिमण्डलको टर्कीमा कहाँ भेट्ने हो भने खुलाएनन । विगतमा भएका वार्ताले खासै सकारात्मक नतिजा ल्याएको छैन । द्वन्द्वमा रूसका प्रमुख वार्ताकार, भ्लादिमिर मेडिन्स्कीले युक्रेनसँग आगामी वार्ताको पुष्टि गरे, तर अलि फरक समय सीमा दिए ।
उनीहरूले मंगलबार सुरु हुने र बुधबार समाप्त हुने बताए भनि सिएनएन तथा एनडिटिभीले समेत उल्लेख गरेको छ ।
प्रतिक्रिया