रचना, संगीत,तथा स्वरको पाँचौँ श्रृङ्खला सम्पन्न

सुरेन उप्रेती अटवा क्यानडा २०७८ चैत १३ गते ९:२१ मा प्रकाशित

शनिवार, मार्च २६,२०२२, तदनुसार शनिवार, चैत्र १२गते,२०७८ का दिन स्रस्टा साँझ अमेरिकाले “रचना संगीत तथा स्वर”कार्यक्रमको आयोजना गर्यो । भर्चुवल माध्यमबाट भएको सो कार्यक्रममा नेपालकी चर्चित गजल गायिका निशा देशार हुनु हुन्थ्यो । ललितपुरको चापागाउँमा जन्मिनु भएकी गायिका देशारले बि सं २०५८सालमा गायन शिक्षा आर्जनको थालनी गर्नु भएको थियो । सोही सालदेखि नेपालभाषाका गीतहरू गाउन थाल्नु भयो ।

निशा देशार २०६६सालमा रेडियो नेपालको आधुनिक गीत प्रतियोगितामा प्रथम हुनु भएको थियो। प्रथम नेपाली भाषाको गजल  “तिम्रो मेरो सम्बन्धको चर्चा चल्छ चल्न देउ,  दुनियाँको कामै यहीहो जति जल्छन जल्न देउ” माधव ढकालको रचना र सुरेश गैरेको संगीतमा थियो । त्यस पछी “लोकार्पण” अलबम डा कृष्णहरी बरालका एकल शब्दहरू२०६७मा  ।  नेपालभाषाका संकलित गीतहरूको अलबम “निशा” २०७०मा, त्यस्तै गरी “सराब” अल्बम  मधुसाप्सुको शब्द र सन्तोष श्रेष्ठको संगीतमा २०७१मा, “निशा आनन्द” आधुनिक गीत एलबम २०७२मा र “अन्तरा” अलबम् २०७५मा आधुनिक गीतहरूको अल्बम् आनन्दरत्न बज्राचार्यका एकल शब्दमा गरी पाँचवटा चर्चित गजल र गीतहरूका एलबमहरू ।

ईमेज अवार्ड २०६५, ६७, र ७०बेस्ट फिमेल भोकल प्रस्तुति  । कालिका अवार्ड २०६६,राप्ती राष्ट्रिय गजल अवार्ड२०७१, । मच्छेगाउँ भजन मण्डल प्रथम, लुभु भजन मण्डल द्धितिय,पशुपति संगीत कला प्रतिष्ठान, नारायणगोपाल युवा पुरस्कार प्रथम, ६०औँ रेडियो नेपाल पुरस्कार आदि रहेका छन् ।उहाँको संलग्नता रेडियो अन्नपूर्ण पोखरा, नेपाल संस्कृतक कलाकेन्द्र, बिन्दबासिनि म्यूजिक, जिल्ला खेलकुद कमिटी ललितपुर, ईन्टर ओलम्पिक कमिटी, कलाकार समाज, बालकुमारी संगीतकला प्रतिष्ठान आदि ।

त्यस्तै गरी ह्रृदयस्पर्शी गीतहरूका रचनाकार नुतन भुसाल हुनुहुन्थ्यो । नुतन भुसालले मरूभूमिको देश ईज्रायलमा बसेर पनि कालजयी सुन्दर गीतहरू उमार्नु भयो । फलाउनु भयो र हराभरा बनाउनु भयो । नुतन भुसालको जन्म स्थान तनहूँ  हो र हाल बसोबास:  ईजरायलमा छ । उहाँका प्रकाशित कृतिहरु: नूतन, नूतन खण्ड २, नूतन कृति, नूतन शैली र एल्बम आभासमा केही गीतहरु छन् । पुरा एल्बम निकालेको छैन गीत४ वटा निस्किए। संगीतकार: सुनिल मास्के, दीपक राज बिश्वकर्मा, नरहरी प्रेमी, दिपक शर्मा, हरि लम्साल, सन्तोष रजौरे, उदय राज पौडेल,गोपाल रसाईलीले उहाँका गीतमा संगीत भर्नु भएको छ । उहाँका गीतहरूमा नरेंद्र प्यासी, शिव परियार, निशा देशार, प्रश्ना शाक्य, पुर्णिमा लामा,, जुना पर्साई, मिलन अमात्य,सन्तोष रजौरे , बानिका प्रधान,बिश्व नेपाली, मेलीना राई, प्रविशा अधिकारी, मिना निरौला, प्रताप दास र पुर्णीमा लामा, मेनुका पौडेलले आवाज दिनु भएको छ । संगीत संयोजनमा सचिन सिंह , प्रदिप श्रेष्ठ र रिकेश गुरुगं, सन्जीब बराईलीले गर्नु भएको छ । उहाँका गीतमा बनेको म्यूजिक  भिडियोहरूलाई  युबराज वाअवा, विशाल भन्डारी, निकेश खड्का, मदन खड्काले निर्देशन गर्नु भएको छ ।अभिनय पूजा शर्मा /आश्विन भुसाल ,गोपी राई/एलिना थापा,अनिल/जिबीका,रिचा थापा/ आश्विन भुसाल. बिनोद/बर्षाले गर्नु भएको छ । उहाँका चर्चित रचनाहरूमा : मन पर्छ मलाई ( जुना पर्साई) ,कैदी बनाउ (प्रश्ना शाक्या),सुटुक्क (बानीका प्रधान) थाहा छैन ( निशा देशार)ले श्वर भर्नु भएको छ ।

कार्यक्रम ईनेप्लिजको फेसबुक र स्रष्टा साँझ अमेरिकाको फेसबुकमा लाईभ प्रसारण भएको थियो ।  उक्त कार्यक्रममा संसार भरीबाट थुप्रै दर्शक र श्रोताहरूको सहभागिता रहेको थियो । “रचना संगीत तथा स्वर”  सुन्दर गीतका अपरिहार्य तत्वहुन । यी सबै एकअर्काका परिपुरक छन् ।यी तीन नदीको त्रिवेणीबाट मात्र सुन्दर समुन्द्रको परिकल्पना गर्न सकिन्छ । वर्तमान समयमा रचनाकार र संगीतकारहरू ओझेल पर्दै गएको अवस्था छ । धरै गीतकार र संगीतकारलाई श्रोताहरूले चिनेको हुँदैन । हुँदा हुँदा गायक र गायिकाहरूलाई नायक र नायिकाहरूले विस्तापित गर्न अवस्था सीर्जना भएको छ । यो अवस्थालाई कसरी परिवर्तन गर्न सकिन्छ । अर्थात ती गुमराहमा रहेका सर्जकहरूलाई श्रोता सामु परिचित कसरी गराउन सकिन्छ । भन्ने सोचबाट नै यो कार्यकक्रमको शुरूवात भएको हो । कार्यक्रकमका सहज कर्ता द्वय सुरेन उप्रेती र सुनिता बस्नेत थापाले कार्यक्रमलाई अगाडि बढाउने क्रममा प्रकाश पार्नु भयो ।

कार्यक्रममा गीतकार सुरेन उप्रेतीले दाइजोको विरोधमा रचना गर्नु भएको गीतलाई निशा देशारले गाएर सुनाउनु भयो । उक्त गीतमा राजकुमार बगरले संगीत गर्नु भएको छ । त्यस्तै गरी गीतकार नुतन भुसाल र सविता बस्नेत दानीका एक एक गीत पनि गाएर सुनाउनु भयो महिलाहरूले स्वतन्त्रता प्राप्त गरेको मार्च महिनामा नारी स्रस्टाहरूलाई आमन्त्रण गरेर यो कार्यक्रम संचालन गरिएको थियो भयो ।

स्रस्टाहरूको परिचय हराउने पुराना र स्थापित गायक संगीतकारहरूको अस्तित्व भाइरकलाकारहरूको उपस्थितिले मेटाउने स्थिति सृजना भएकोमा सहभागिहरूले चिन्ता प्रकट गरे । सबैले पहिचानको लागि लड्नु पर्ने र सम्बन्धित निकायले यसको संरक्षण गर्नु पर्ने सबैको राय थियो ।  कार्यक्रममा सन्सारका बिभिन्न ठाउँबाट जोडिएका संगीतप्रेमीहरूलाई समेत बिभिन्न प्रश्नहरू सोधेर सहभागि गराइएको थियो । कार्यक्रमको आकर्षक व्यानर  गीतकार सुनिता बस्नेत थापाले बनाउनु भएको थियो ।

कार्यक्रमको अन्त्यमा स्रष्टा साँझ अमेरिकाका अध्यक्ष प्रभात दिक्षितले गीतकार, संगीतकार, तथा गायकलाई  धन्यबाद दिनु भयो । भाईरलहरू भनेका बर्षाका भेलहरू जस्तै हुन । ती संग प्रतिष्पर्धा गर्न आफुलाई पनि परिमार्जन गर्दै लानु पर्छ । खहरेको गड्गडाहटले लामो समय थेग्न सक्दैन । तर आफुलाई समयानुकुल परिवर्तन गर्दै लानु पर्छ भन्नु भयो । देश विदेशबाट कार्यक्रममा सहभागीहुनु हुने श्रोता तथा दर्शक र ईनेप्लिजडटकमका बिजय थापा र सहजकर्ता द्वयलाई पनि धन्यवाद दिनु भयो ।

प्रतिक्रिया