टोरन्टो। क्यानाडामा घर-जग्गा खरिद बिक्रीको क्षेत्रमा नेपाली लगानी र ब्यबस्थापनमा अलग्गै नाम र पहिचान बनाउन सफल रियल स्टेट ब्रोकरेज कम्पनी “एभरेष्ट रियल्टी” ले पाँचौ वार्षिक अवार्ड वितरण गर्ने भएको छ।
अवार्ड वितरण समारोह आउँदो शनिबार अप्रिल २ मा अन्टारियोको दक्षिण पश्चिमी शहर चाटम-केन्टमा हुँदैछ।
अवार्ड समारोहमा २०२१ सालभरी उत्कृष्ट कार्य गर्ने एजेन्टहरुलाई पुरस्कृत र सम्मानित गरिने छ भने ती मध्येका सर्बोकृष्टलाई प्रथम, द्वितीय र तृतीय घोषणा गरि भ्याकेसन गिफ्ट कार्ड स्वरूप क्रमशः एक हजार पाँच सय, एकहजार र पाँच सय डलर नगद पुरस्कार पनि दिईनेछ।
कार्यक्रममा सांगीतिक र सांस्कृतिक समारोहलाई पनि बिशेष स्थान दिईएको छ। नेपालकी चर्चित गायिका कला लम्सालको विशेष सांगीतिक प्रस्तुति रहने छ भने स्थानीय कलाकारहरुले पनि नृत्य तथा गायन प्रस्तुत गर्नेछ्न्।
पुरस्कार वितरण समारोहमा चाटम-केन्ट शहरका मेयर डेरिन क्यानिफ प्रमुख अतिथि बनेर आउँदै छ्न्।
एभरेष्ट रियल्टीका ब्यबस्थापक अनिल थापाका अनुसार
कम्पनीको सिस्टर कम्पनी एभरेष्ट कन्भेन्सन सेन्टरमा हुने कार्यक्रममा स्थानीय, पाहुनाहरु र कम्पनीमा आवद्ध रियल स्टेट एजेन्टहरु गरी करिव ५ सयजनाको सहभागिता रहने र कम्पनीको अर्को सिस्टर संस्था हाक्का खजानाले खानपिनको व्यवस्थापन गर्नेछ।
कार्यक्रमको अर्को महत्त्वपूर्ण पक्ष भनेको ७४ जना नेपाली लगानीकर्ताहरुको संयुक्त लगानीमा हालसालै खरिद गरिएको ७२ एकड जमिन रहेको ‘एभरेष्ट आश्था फार्म’ को भ्रमण हो। पुरस्कार बितरणको औपचारिक समारोह शुरु हुनु अघि सो भ्रमण गराईने छ।
कार्यक्रमका सहभागीहरुलाई आउने – जाने सुबिधाकोलागि टोरोन्टो-मिसिसागादेखि यातायातको व्यवस्था पनि गरिएको छ।
घर-जग्गा खरिद बिक्रीका क्षेत्रमा दुई दशक भन्दा लामो अनुभव भएका “ब्रोकर अफ रेकर्ड” ले सम्मानित मदन केसीको नेतृत्वमा २०१७ मा स्थापना भएको “एभरेष्ट ब्रोकरेज कम्पनी” क्यानाडामा नेपालीहरुको लगानी र ब्यबस्थापनमा संचालित पहिलो रियल स्टेट ब्रोकरेज कम्पनी हो।
यो कम्पनीमा हाल विभिन्न समुदायका ४३ जना रियल स्टेट एजेन्टहरु कार्यरत रहेका छन्। यसको
मुख्य कार्यालय मिसिसागा छ भने स्कारब्रो, टोरन्टो र विण्डसरमा शाखाहरु रहेका छ्न् र उक्त क्षेत्रका नेपाली र गैर नेपाली सबैलाई घर खरिद, बिक्री र लगानीका क्षेत्रमा सेवा पनि दिइरहेको छ।
प्रतिक्रिया