काठमाडौँ।अमेरिका पुगेपछि पनि गायक तथा संगीतकार डिबी बराईली नेपाली गीत संगीत र साहित्यमा उत्तिकै सक्रियता देखाइरहेका छन्।अमेरिकाको व्यस्त दैनिकीमा पनि गायक तथा संगीतकार बराइली गीत संगीतका गतिबिधिमा निरन्तर लागि परिरहेका छन्।यसै बिच दजर्नी नामक गिती एल्बम बजारमा ल्याएका डिबी बराईलीले ओहाएको कोलम्बस शहरमा एकल साँझ सम्पन्न गरे।
सो अवसरमा गायक बराइलीले आफ्नो गिती एल्बमको लोर्कापण पनि गरेका हुन्।ठूलो संख्यामा उपस्थित भएका संगीतकर्मीहरुको माझमा गायक बराइलीले लोकापर्ण गरेको गिती एल्बम द जर्नीमा ८ वटा गीत समावेश छन् । जसको भिडियोको निर्माणको काम पनि भइरहेको सो अवसरमा जानकारी गराइयो ।
पाश्व गायनका लागि उत्कृष्ट लाग्ने उनको स्वरलाई दर्शकहरुले खुलेरै प्रशंसा गरे।न्याउली होम केयर एलएलसीको प्रयोजनमा सम्पन्न कार्यक्रमबाट राम्रो प्रतिक्रिया पाएको गायक तथा संगीतकार बराइलीले बताए।भुटनिज अमेरिकन म्यूजिक एसोसियसनको सह प्रायोजनमा सम्पन्न भएको कार्यक्रममा ठूलो संख्यामा नेपाली भाषी संगीतप्रेमीको उपस्थिती रहेको थियो।
हाल अमेरिकाको टेक्सासमा बज्दै आएका गायक बराइलीको बहुचर्चित बलिउड गायक उदीत नारायण झा सँग मिल्दो जुल्दो स्वर भन्दै कैयौँले उनको गायनको तारिफ गर्ने गरेका छन्।सो अवसरमा बरिष्ठ तबलाबादक प्रमोद उपाध्याय,किबोडिस्ट गणेश गजमेर, बरिष्ठ बाँसुरी बाधक राम सिंह लगायतका बाध्यबादकहरुको उपस्थिती रहेको थियो।गायक तथा संगीतकार बराईलीले आगामी दिनमा पनि एकल साँझ कार्यक्रमलाई निरन्तरता दिने बताए ।
प्रतिक्रिया