एक नाबालिगलाई कर णी गरेको अभियोगमा थुनामा रहेका अभिनेता पल शाहविरुद्ध तनहुँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । सोमवार तनहुँ जिल्ला प्रहरी कार्यालयले २१ दिन लामो अनुसन्धानपछि सरकारी वकिलको कार्यालयमा मिसिल बुझाएको थियो।प्रतिवेदन अध्ययन गरेपछि सरकारी वकिलको कार्यालयले मंगलवार दिउँसो अदालतमा मुद्धा दर्ता गरेको हो।
प्रहरीको अनुसन्धानमा नाबालिका १६ वर्षभन्दा मुनि देखिएकाले शाहलाई १२ देखि १४ वर्ष कैद सजाय र कानुन बमोजिम मनासिब क्षतिपूर्तिको माग दाबीसहित अदालतमा मुद्धा दर्ता गरिएको सरकारी वकिलको कार्यालयले जानकारी दिएको छ।यो घटनामा मतियारको भूमिका खेलेको भन्दै शाहका म्यानेजर कृष्ण जोशीलाई पनि आधा सजायको माग दाबी गरिएको जानकारी प्राप्त छ।
शाहविरुद्ध यसअघि सरकारी वकिलको कार्यालयले नवलपरासीको अदालतमा कर णीको मुद्धा दर्ता गरिसकेको छ।नाबालिग गायिकाले गत फागुन ११ गते तनहुँ प्रहरी कार्यालय र फागुन १५ गते नवलपरासी प्रहरी कार्यालयमा पल शाहविरु’द्ध करणीको आरोपमा जोहरी दिएकी थिइन्।ती नाबालिगले तनहुँमा जाहेरी दिएको चार दिनपछि शाहले आ’त्मसमर्पण गरेका थिए।
तनहुँमा अनुसन्धान भइरहेको समयमा पललाई नवलपरासीको गैँडाकोट प्रहरी कार्यालय पनि लगिएको थियो । त्यहाँ उनीमाथि प्रहरीले एक हप्तासम्म अनुसन्धान गरेको थियो।तनहुँ जिल्ला अदालतले पहिलो पटक ७ दिन,दोस्रो पटक १२ दिन र तेस्रो पटक ५ दिन म्याद थप गरी तनहुँ प्रहरीलाई शाहमाथि अनुसन्धान गर्न अनुमति दिएको थियो।अब अदालतमा थुनछेक बहस हुनेछ।
प्रतिक्रिया