काठमाडौंँ।गायिका ममता गुरुङ र डा.डिआर उपध्यायको स्वर रहेको गीत ‘चाँदनी’ सार्वजनिक भएको छ।गीतमा गायक उपध्यायको शब्द तथा संगीत छ।
रोमान्टिक शैलीको गीतको म्युजिक भिडियोमा कामृद्धि श्रेष्ठको अभिनय देख्न सकिन्छ।श्रेष्ठलाई मोडलिङमा गीतकार उपध्यायलेनै साथ दिएका छन्।५ मिनेट भन्दा लमो गीतको म्युजिक भिडियो एउटै झोलुङ्गे पुलमा छायांकन सकिएको छ। सम्भवत एउटै पुलमा पुरै म्युजिक भिडियो छायांकन भएको यो पहिलो हो।
भिडियोको निर्देशन समेत उपाध्यायले गरेका हुन्।उत्सव दाहालको छायांकन, शिलन लम्सालको सम्पादन भिडियोमा छ । गीतमा संगीत संयोजन पुरुषोतम सुवेदीको रहेको छ।
प्रतिक्रिया